सम्भव हुनेले सहयोग गरौ : प्राविधिक रुपमा सम्भव नभए सेयर गरौँ

काठमाडौ । कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नं. १ अत्तरिया घर भएकी ६ महिनाको नानिको जन्मजात नै ढाडमा सानो फोका आएको थियो । तर समय बढ्दै जाँदा त्यो ठूलो भएको छ । अहिले मात्र ६ महिनाकी नानीको उक्त असरदार फोका अप्रेशन गरेर हटाउनुपर्ने छ ।

बुबा तिलक भण्डारी र आमा हिरा भण्डारीको कोखबाट जन्मिएकी यी ६ महिनाको नानी अप्रेशनका लागि कसैको सहयोगको प्रतिक्षामा छिन् । अवस्था जटिल छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परिवारपनि आर्थिक रुपमा कमजोर बनेको छ ।

एक्लो प्रयासले नानीको उपचार सम्भव नभएपछि उनीहरुले सहयोगको अपिल गरेका छन् । नानीको जन्मजात नै ढाडमा सानो फोका भएको र अहिले सो फोका धेरै ठुलो भएको कारण अप्रेसन गर्नुपर्ने भएकाले बिगत ५ महिना देखि उपचार गराउदै आएको र हाल १ हप्तादेखि शिक्षण अस्पतालमा भर्ना गरि राखिएको थियो ।

नानीलाई एक्कासी आइसीयू बेड जरुरी देखियो । तर शिक्षण अस्पतालमा आइसीयू बेड नभएपनि अहिले नेपाल मेडिकल कलेज अत्तरखेल काठमाडौमा थप उपचारका भर्ना गरिएको छ । उहाँहरुको आर्थिक अवस्था कमजोर भएको कारण सकेको सहयोग गरिदिनुहुन अपिल गरि रहनु भएको छ । बेलायतबाट समाजसेवी इशा गुरुङ्गले रु. १०,००० (दस हजार) सहयोग पठाउनु भएको छ ।

साईप्रस बाट समाजसेवी आशा गुरुङ्गले रु ६,००० (छ हजार) सहयोग पठाउनुभएको छ । उहाँहरुले थप सहयोगका लागि प्रयास गरिरहनुभएको छ । तपाईहरुपनि सहयोग गर्न चाहानुहुन्छ भने नानीका बाबलाई सिधा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ ।

जसले प्राविधिक रुपमा सहयोग गर्न सम्भव छ सहयोग गरिदिनुहोला । जोसँग सहयोग गर्न प्राविधिक रुपमा असम्भव छ । आफ्नो सामाजिक सञ्जालमा र विभिन्न ग्रुपमा सेयर गरेर सहयोग गर्न सक्नुहुनेछ । तपाईको एक सेयरले सहयोगी मनसम्म यो पोष्ट पुग्नेछ ।

नानीले उपचार पाउनेछिन् । यो जटिल अवस्थाबाट नानीले मुक्ति पाउँनेछिन् । तपाईलाई भगवानको आशीर्वाद प्राप्त हुनेछ । सेवा नै धर्म हो । सहयोग नै पुर्नजीवन हो । तपाईको सानो सहयोगले कसैले पुर्नजीवन पाउँनेछ । सहयोगका लागि तल जानकारी राखिएको छ ।

सहयोग गर्न चाहानु हुनेले सम्पर्क गर्न सक्नु हुनेछ ।

खातावालाको नाम : तिलक राज भण्डारी
सम्पर्क : ९७६८५०३९६९
खाता न. : 01200516203784
एभरेस्ट बैंक

प्रतिक्रिया दिनुहोस