१ सय ७ पत्नीका पति ९२ वर्षिय वृद्ध अझै विवाह गर्ने सोचमा

मोहमद बिलो अबुबकर नाइजेरियाका एक व्यस्त वृद्ध हुन् । ९२ वर्षीय मोहमद कुनै वेला धर्मगुरुसमेत थिए । तर, दर्जनौ महिलासँग विवाह गरेपछि उनीमाथि धार्मिक नियम तोडेको आरोप लागेको छ । सन् २००८ मा नाइजेरियाको एक अदालतले ८६ मध्ये ८३ पत्नीलाई सम्बन्धविच्छेद गर्न वा सजाय भोग्न निर्देशन दिएको थियो । तर, मोहमदले बहुविवाहलाई भगवानको वरदानका रूपमा व्याख्या गर्दै फैसलाप्रति चासो देखाएनन् । बरु अझै पत्नी थप्ने चाहना देखाए ।

लगत्तै उनी जेल परे र केही महिनापछि रिहा भए । अहिलेसम्म उनले एक सय सात विवाह गरेका छन, यद्यपि १० जना पत्नीसँग सम्बन्धविच्छेद भएको छ । गत साता उनको मृत्यु भएको हल्ला फैलियो । तर, मृत्युको हल्ला चिर्दै उनले पुनः विवाह गर्ने इच्छा व्यक्त गरेका छन् । ‘मैले जे गरेको छु त्यो दैवी कार्य हो । मृत्युको मुखमा नपुग्ने वेलासम्म विवाह गरिरहन्छु,’ मोहमदले भने ।

उनको धर्मले कम्तीमा चारजना महिलासँग विवाह गर्न अनुमति दिन्छ । तर, उनी धार्मिक बन्धनलाई चासो दिँदैनन् । अल्लाहले यति धेरै पत्नी जुटाउन निर्देशन भने नदिएको उनी बताउँछन् । धेरै पत्नी जुटाउनुुको उद्देश्यबारे उनी प्रतिपश्न गर्छन, ‘जम्मा ९७ जना कसरी धेरै पत्नी भए रु’ अझै बढी विवाह गर्ने उनको धोको छ । भन्छन, ‘म अझै धेरै विवाह गर्ने योजनामा छु । बाचुन्जेल म विवाह गरिरहनेछु । तर म जे गर्दै छु त्यो उत्कृष्ट कार्य हो ।’

उनका एक सय ८५ जना सन्तान छन् । उनी पक्राउ पर्दा उनका सबै पत्नीले मोहमद असल पति भएको बताए । सन्तानको नजरमा पनि उनी असल पिता हुन् ।

अनलाईनहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस