काभ्रेमा ‘बोक्सी भगाउने’ भन्दै महिलाको गाला तातो पन्यूले डामेपछि…

काभ्रे । समाजमा अझै बोक्सी जस्ता अन्धविश्वास कायमै रहनाले महिलाहरुले अनाहकमा दुख पाइरहेका छन् । यस्तै घटना काभ्रेमा भएको छ । एक महिलाले यस्तै अन्ध विश्वासका कारण दुख पाउनु परेको छ ।

त्यहाँ बो क्सी भ गा उ न भन्दै ३७ वर्षीया महिलालाई माता बताउने एक बालिकाले गाला तथा शरीरका अन्य भागमा तातो पन्युँले डा मे की छिन् । महिलाका पतिले मातालाई घरमै बोलाएर झा र फु क गरिदिन भनेपछि बो क्सी भ गा उ न पन्युँ तताएर महिलाको गाला, हातको औंला र शरीरका विभिन्न भागमा डा मिए को थियो ।

पाँचखाल नगरपालिका–१० की शर्मिला विकलाई सोही नगरपालिका–१२ की आफूलाई माता बताउने १६ वर्षीया बालिकाले बो क्सी भ गा उन भन्दै तातो पन्यूँले डा मे की हुन् । लामो समयदेखि मा नसिक रोगबाट पी डित महिलालाई बो क्सी भ गा उँ दा निको हुन्छ भन्ने अन्ध विश्वासका कारण पन्युँ डामि एको हो ।

श्रीमान् सानुबाबु विकले मातालाई घरमै बोलाएर श्रीमतीलाई झार फुक गर्न अनुरोध गरेका थिए ।

ती बालिकाले भने डेड वर्षअघि घरमा कुलायनको पूजा लगाउँदा आफूलाई माता चढेको बताएकी छिन् । एक वर्षदेखि माताकै रुपमा उपचार गर्दै आएकाले विश्वासका कारण महिलाको श्रीमान् सानुबाबु विकले एक महिनादेखि बोलाएको भए पनि आफू नगएको उनले दावी गरिन् ।

बालिकाले थप दावी गरिन्– ‘भर्खर एसईई दिएर बसेकी मैले यस्ता धेरै महिलाहरुलाई निको पारेको छु । सामान्य परिवारको सदस्य भएकाले मैले धेरै तान्त्रिक विद्या केही आर्जन गरेको छैन ।’ नेपाल समाचार पत्रका लागि मोतीराम तिमल्सिनाले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस