आङ सिरिङ्ग हुने यस्तो क्रिया, तपाईंको अनुहारमा हिँड्छन् हजारौं कीरा !

एजेन्सी । मानिसको अनुहारमा हज्जारौ किरा हिँडिरहेका हुन्छन् । यो वास्तविक तथ्य हो । अनुहारलाई फोहोर नै छोड्ने खालको हुनुहुन्छ ? तपाईं जस्तो खालको भएपनि तपाईंको अनुहारमा हजारौं कीरा सल्बलाइरहेका छन् । यो कुनै गफ हैन । अनुहारमा हिँड्ने कीराका सम्बन्धमा सन् १८४२ मै खोज भएको थियो । कानमा जम्ने फोहोरमा यो कीरा भेटिएको थियो । यो सूक्ष्मजीवको आठवटा खुट्टा हुन्छन् र यो माकुराको प्रजातिको हो ।

तर यो कीरा अनुहारमा पनि भेटिन्छ कि भेटिँदैन भनी प्रस्ट भएको थिएन । तर अहिले वैज्ञानिकहरूले दाबी गरेअनुसार दुई प्रजातिका सूक्ष्मजीवहरू मानिसको अनुहारमा बस्न मन पराउँछन् । यिनीहरूको नाम डेमोडेक्स फोलीक्युलोरम र डी ब्रेभिस हो । यी दुवैको आकार कीराको जस्तै हुन्छ र यिनको खुट्टा पनि सानै हुन्छ । तर यिनीहरू माकुरो प्रजातिका कीरा हुन् । सबभन्दा महत्त्वपूर्ण कुरा त यी कीराहरूले मलत्याग गर्न सक्दैनन् । जिन्दगीभरि यिनीहरू शरीरमै मल बोकेर बस्छन् र मरेपछि यिनीहरूको जिउ फुट्छ ।

त्यसपछि सबै ब्याक्टेरिया तपाईंको छालामा फैलिन्छ । अमेरिकाको नर्थ क्यारोलाइना स्टेट विश्वविद्यालयकी प्राध्यापक डा. मेगन थाइमसका अनुसार यी ब्याक्टेरियाहरूले अनुहारको छाला नै खाइदिन्छन् । यिनीहरूले छालाका मृत कोशिकाका साथसाथै अनुहारबाट निस्कने तेल पनि खान्छन् । हुन त यी सूक्ष्मजीवबाट तपाईंलाई कुनै हानि हुँदैन तर यिनीहरूले रोसेकीय नामक छालारोग ल्याइदिन्छन् । यो रोग लागेपछि अनुहारमा ससाना डल्ला आउँछन् र अनुहार रातो देखिन थाल्छ । यस्तो समस्या भएको मानिसको छालामा ब्याक्टेरिया १० गुणा बढी हुन्छ ।

हुन त यी ब्याक्टेरियाबाट छुटकारा पाउनका लागि उपचारको सुविधा छ तर यिनीहरूलाई जरैबाट हटाउन असम्भव छ । उपचार गरेको ६ हप्तामा यिनीहरू अनुहारमा आइहाल्छन् । तपाईंमा भएको रोगप्रतिरोधात्मक क्षमताले यी ब्याक्टेरियासँग कत्तिको लड्न सक्छन् भन्ने कुरा निर्धारित गर्छ ।

प्रतिक्रिया दिनुहोस