यी महिलाले पतिलाई छोडर रुखसँग विवाह गरिन् र मनाइन् पहिलो एनिभर्सरी !

एजेन्सी । विश्वमा पत्यार नलाग्ने अनौठो रोचक घटनाहरु भइरहेको हुन्छ । यस्तै तपाईलाई अचम्म लाग्ला, आफ्नो श्रीमान् नै छोडेर रुखसँग विवाह गरेकी एक महिलाले आफ्नो पहिलो एनिभर्सरी मनाएकी छिन् । घरमा श्रीमान हुँदाहुँदै जंगलमा गएर रुखसँग बिहे गरेकी एक बेलायती महिलाले आफ्नो रुखसँगको बिहेको वर्षगाँठ मनाएकी छिन् ।

दुई बच्चाकी आमा रहेकी ती महिलाले पतिलाई घरमै छाडेर जंगलमा गई आफ्नो वृक्षपतिलाई अंकमाल गरी एनिभर्सरी मनाइन् । उनीसँग उनका दुईजना साथी पनि एनिभर्सरी मनाउने कार्यक्रममा पुगेका थिए ।उनले आफ्नो रुखपतिलाई एनिभर्सरी उपहारको रुपमा परम्परागत कागज उपहार दिइन् । त्यहाँ उनीहरुले एल्डर फ्लावरको स्याम्पेन फोडेर एनिभर्सरी मनाएका थिए ।

एल्डर जातको रुखसँग बिहे गरेर आफ्नो थरसमेत परिवर्तन गरेकी केट कनिंघमले आफू र वृक्षपतिबीचको प्रेम निकै गहिरो भएको र कहिल्यै पनि डिभोर्स नहुने दाबी गरेकी छिन् ।बेलायतको सेफ्टनस्थित रिमरोज भ्याली काउन्टी पार्कमा रहेको एक रुखसँग उनले गत वर्षको सेप्टेम्बरमा बिहे गरेकी थिइन् ।

आफू कहिलेकाहीँ आफ्नो पति रुखलाई भेट्नका लागि हप्तामा पाँच पटकसम्म जंगलमा जाने गरेको उनी बताउँछिन् । आफू जीवनभर रुखप्रेमी रहने उनको भनाइ छ ।रुखसँग बिहे गर्ने आफ्नो निर्णय जीवनको सबैभन्दा सही निर्णय भएको दाबी उनी गर्छिन् ।

प्रतिक्रिया दिनुहोस