चिसो बढेसँगै ओंठ फूटेर हैरान हुनुहुन्छ ? यसरी जोगाउनुहोस्

काठमाडौं । ओंठले व्यक्तिको सुन्दरता झल्काउँछ । कोमल ओंठले मानिसलाई सुन्दर देखाउछ । तर बढ्दै गएको चिसो र धुलोधुँवायुक्त वातावरणका कारण धेरै मानिसहरुमा ओंठ फूट्ने, सुख्खा हुने जस्ता समस्या देखिन्छ । तपाईको पनि यस्तै समस्या छ ? यदि त्यसो हो भने घरमै बसेर सो समस्या हल गर्नको लागि लोकपथले केहि टिप्स बटुलेको छ ।

यसरी जोगानुस् जाडोमा ओंठलाई फुट्नबाट

-हरेक साँझ सुत्नेबेलामा महलाई सफा कपासले ओठमा लगाएर सुत्ने ।

-२४ घण्टासम्म रहने, पानीले घामले केहि नहुने भन्दै विज्ञापन गरिएका लिपिस्टीक जाडोमा कमै मात्रामा प्रयोग गर्ने ।

– लिप बामको प्रयोग नियमित रूपमा गर्ने ।

-हलुका रुपमा पेट्रोलियम जेली लगाएर मसाज गर्ने

-तिलको तेललाई मनतातो बनाई बारम्बार लगाउनाले पनि फाइदा पुग्छ ।

-ओंठ फूट्ने वा सुख्खा हुने समस्या कम गर्नलाई बाहिर हिँड्दा मास्क लगाउनु पर्छ।

-कागतीको रसमा ग्लिसरिन मिसाएर ओठ मसाज गर्दा ओंठ फूट्दैन ।

-पानी र फ्रुट जुस प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।

-जिब्रोले ओठ छोईरहने तथा थुक लगाउने बानी छोड्नुपर्छ ।

-धेरै तातो र धेरै पीरो खानेकुरा खानुहुदैन ।

प्रतिक्रिया दिनुहोस