जोडीले रेष्टुरेन्टबाट मगाए पोर्क करी, खानामा भेटियो मानिसको दाँत

एउटा चिनियाँ रेष्टुरेन्टबाट होम डेलिभरी गरिएको खानामा मानिसको दाँत भेटिएको छ । यद्यपि, अनुसन्धानपछि रेष्टुरेन्टमा कुनै पनि प्रकारको कारवाही नगर्ने निर्णय गरिएको छ ।
रेष्टुरेन्टका म्यानेजरले आफ्ना सबै कर्मचारी डीएनए परीक्षणका लागि तयार भएको जसका कारण उक्त दाँत यहाँका कर्मचारीको नभएको स्पष्ट हुने बताएका छन् ।

स्थानीय अधिकारीले रेष्टुरेन्टको अनुसन्धान पनि गरेको छ जसमा रेष्टुरेन्टमा सरसफाइको कुनै पनि नियम नतोडिएको बताइएको छ ।
यसै आधारमा कुनै प्रकारको कारवाही नगर्ने निर्णय गरिएको हो । रेष्टुरेन्टको रेटिङ पनि घटाइएको छैन ।

यद्यपि, रेष्टुरेन्टले घटनापछि जोडी स्टिफनी म्याकडोनघ र डेविड बरोजलाई निःशुल्का खाना र पैसा फिर्ता गर्न प्रस्ताव गरेको छ ।

जोडीले निःशुल्क खानाको प्रस्ताव अस्विकार गरेको छ । यस्तै, रेष्टुरेन्टका म्यानेजरले अधिकारीले सबै कर्मचारीको दाँत परीक्षण गरेको र कसैको पनि दाँत गायब नभएको बताए ।
उनीहरुले खानामा दाँत कसरी पुग्यो त्यसबारे आफू अनभिज्ञ भएको म्यानेजरले बताएका छन् ।

अनुसन्धानपछि अधिकारीले रेष्टुरेन्टमा सरसफाईको विषयमा कुनै प्रकारको लापरवाही नगरिएकोमा आफू सन्तुष्ट भएको उनले बताए । यो रेष्टुरेन्टको रेटिङ ४/५ छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस