कान्छोले भन्यो, “दादा, हजुरआमाले धेरै पटक भनी सक्नुभयो कि मलाईपनि आफुसँग रेस्टुरेंटमा खाजा (Lunch) खानको लागि लैजाउ भनेर ।”टंकले भन्यो, “लिन त हुन्थ्यो कान्छा, तर चार जनालाई खान कति खर्च लाग्छ ! सम्झ्या त होलास् नि पछिल्लो चोटी हामी तीन जनाले बाहिर खाजा खाँदा सोह्र सयको बिल आएको थियो । अब हामीसँग यति पैसा कहाँ छ र !प्रियंकाले भनी, “मसँग पकेटमनीको केहि पैसा बाँकी छ दादा ।टंक:ए….हो र ! त्यसोभए, केही प्लानिंग गर्न सकिन्छ !कान्छो : “हो….हो….सकिन्छ !”तिनै भाई बहिनिहरूले मीटिंग गरे र अंततः यो फाइनल भयो कि यस चोटी हजुरआमालाई पनि खाजा खानको लागि सँगै लगेर जाने, तर यस चोटी महँगो पनिरको तरकारीको सट्टामा मिक्सभेज मगाऊँला र आईसक्रीम पनि न खाऊँला भन्ने निर्णय भयो ।
कान्छो, टंक र प्रियंका तिनै जना हजुरआमाको कोठामा गए र भने, “हजुरआमा आउने आइतवारका दिन हामीहरु खाजा खान बाहिर जाने छौं, के तपाईं हामीसँग सामेल हुनुहुनेछ ?” कान्छाले सोध्यो हजुरआमाले खुशी हुँदै सोधिन्, “तिमीहरु लैजान्छौ मलाई आफूसँग?“हो, हजुरआमा !” प्रियंकाले ख़ुशी हुँदै भनी ।
हजुरआमा आइतवार बिहान देखि धेरै खुसी थिईन् । आज उनले आफ्नो सबै भन्दा राम्रो लुगा लगाईन्, हल्का श्रृंगार पनि गरिन्, कोरीबाटी चट्ट कपाल हुँदै आँखामा सुनौलो फ्रेमको नयाँ चश्मा लगाईंन् । यो चश्मा उनको माइलो छोराले कुवैतबाट आएको बेला उनलाई दिएको थियो । तर उनले यो लगाइनन्, भन्थिन्, “यति राम्रो फ्रेम छ, लगाएँ भने पुरानो हुनेछ ।” आज, हजुरआमाले आफूलाई धेरै चोटि ऐनामा अलग अलग कोणबाट हेरी सक्नु भएको थियो र सन्तुष्ट हुनुहुन्थ्यो जब बच्चाहरू हजुरआमालाई बोलाउन आए, प्रियंकाले भनी, “वाऊ….!, हजुरआमा आज त तपाई धेरै राम्री देखिनुभाछ ।”
टंकले भन्यो, “आज त हजुरआमाले सुनौलो फ्रेमको चश्मा लगाउनु भएको छ त । कुरा के हो हजुरआमा ! कुनै ब्यायफ्रैंडलाई बोलाउनु भएको छ कि के हो ?हजुरआमाले लज्जित हुँदै भनिन्, “उत्जा, मुर्दार !रेस्टुरेंटमा बीचको टेबलमा चारै जना बसे । केहि बेर पछि वेटर आयो, र भन्यो, “अर्डर प्लीज़ ।”
टंक बोल्नै लागेको थियो कि हजुरआमाले भनिन्, “आज म अर्डर दिनेछु, किनकि म आजको विशेष पाहुना हुँ ।”
हजुरआमाले लेख्न लगाईन्- “दालमख्नी, कढाईपनीर, खसीको मासु, भेज राईता, सलाद, पापड र बटर नान । हो…., खाना खानु भन्दा पहिले चार चिकन सूप पनि…. छिटो तीनै भाई बहिनीहरुले एक अर्काको अनुहार हेरिरहेका थिए केही समय पछि खाना टेबलमा राखियो । खाना स्वादिष्ट थियो सबैले खाई सकेपछि वेटर फेरि आयो, “डेजर्टमा के थप्ने होला, सर हजुरआमाले तुरन्त भनिन्, “चार कप आइसक्रिम ल्याऊ बाबू तिनै बच्चाहरूको अवस्था खराब …..!! अब के होला….?? हजुरआमा पहिलो चोटी आउनु भा छ, इन्कार पनि गर्न सकिन्न बिल आयो । टंकले बिल तर्फ आफ्नो हात बढाउनु भन्दा पहिला हजुरआमाले बिल उठाउनुभयो र भन्नुभयो, “आज म भुक्तानी गर्नेछु । बच्चाहरू, मलाई तिमिहरुको पैसा चाहिएको छैन । मलाई त तिमिहरुको समय मात्र चाहिएको छ । तिमिहरुको कम्पनी चाहिएको छ । म पूरै दिन मेरो कोठामा एक्लै हुन्छु । टिभी पनि मैले कति हेर्नु ? मोबाइलमा च्याट पनि कति गर्नु ?” भन्दै हजुरआमाले आँखाबाट झर्न तयार आँसूहरुलाई त्यहिं रोक्न लगाईन् । “भन मेरा नानिहरू, के तिमीहरु मलाई अलिक समय दिन सक्छौ ?” यो पाली आँसु थाम्न सकिनन् ।
प्रियंका आफ्नो कुर्सीबाट उठ्छिन्, उनले हजुरआमालाई अँगालो हालेर हजुरआमाको गालामा चुम्बन गरेर भन्छिन्, “अवश्य ….! मेरी प्यारी हजुरआमा टंकले पनि भन्यो, “हो हजुरआमा, हामी वचन दिन्छौं कि हामी हजुरसँग बस्ने गर्नेछौं, हजुरलाई समय दिने छौं र हजुरको समय पनि माग्ने छौं ! र यो पनि बाचा भयो कि प्रत्येक महिनाको दोस्रो आइतवार, हामी लंच वा डिनरको लागि बाहिर कुनै रेस्टुरेंटमा जानेछौं र फिलिम पनि हेर्नेछौं ।”सबै भन्दा बढ़ी ख़ुशी कान्छो थियो, तर केही न भनि आँखाभरी आँसू बोकेर टाढा बाट मुस्कुराऊँदै हेरी रहेको थियो । हजुरआमाले इशाराले बोलाईन्, दुगुर्दै आयो र बोकेका सबै आँसू हजुरआमाको काखिमा पोख्यो ! भक्भकाऊँदै….आफ्नो ख़ुशी व्यक्त गर्यो ।
हजुरआमाको ओठमा १००० वाटको मुस्कान तैर्यो, आँखामा फ्ल्याशलाइटको जस्तो उज्यालो भयो र अनुहारका झिम्का खुशीको कारणले नाच्न थाले….!
साथीहरू बूढा आमाबुवाहरु रुईका पोका जस्तै हुन्छन्, प्रारम्भमा तिनीहरू बोझ महसुस गर्दैनन्, तर बढेको उमेरसँगै रुई जस्तै तिनीहरू पनि ओसिलो हुन थाल्छन् र जीवनको थकान बोझ महसूस हुन थाल्छ । उनिहरुलाई समय चाहिन्छ, पैसा चाहिंदैन । पैसा त उनीहरूले जीवनभरी तपाईहरुको लागि कमाउनु भयो ताकि बुढेसकालमा तपाईंहरुले उनीहरुलाई समय दिनुहुनेछ भनेर ।
फल न दिने रूखले पनि छाया दिई रहन्छ । बूढा आमाबुवाहरुलाई समय दिनुहोस । न जानुहोस कुनै मन्दिर, मस्जिद र चर्चमा । आमा बुवाको सेवा भन्दा ठूलो पुण्य केही छैन संसारमा । आमा बुवा भनेका जिऊँदा देउता हुन । त्यसैले पुण्य कमाउने यो स्वर्णिम अवसर हातबाट न जान दिनुहोस् ।