सुतिरहेकी छोरीको कोठाबाट आएको त्यो आवाज…

डोटी – समाजको शान्ति सुरक्षामा ख’टिनुपर्ने निकायका व्यक्तिबाटै जघन्य अ पराध ! सामान्यतः कल्पना बाहिरका यस्ता घटना बेलाबखतमा सार्वजनिक हुने गरेका छन् तर यस्ता कु’कर्ममा स’म्लग्नलाई कानूनी क’ठघरामा उभ्याउने काम पनि तिनै सुरक्षा निकायबाट हुँदै आएको छ ।
डोटीका एक सुरक्षाकर्मी नै त्यस्ता घटनामा मु’छिएका छन्, जसले सभ्य समाजका साथै नेपाल प्रहरीको पनि मर्यादामा प्रश्न उब्जाइदिएको छ । डोटीको जोरायल गाउँपालिका–५ गडसेरास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंह बालिका क’रणीमा मुछिएका छन् । उनीविरुद्ध कि’टानी ‘जाहेरी परेपछि उनीविरुद्ध कानूनबमोजिम मुद्धा चल्ने भएको छ ।

प्रहरी जवान सिंहले जोरायल गाउँपालिका–५ गडसेरा १५ वर्षीया बा लिकालाई क’रणी गरेको आ रोपमा जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार बालिकालाई विवाह गर्ने प्रलोभन देखाइ क’रणी गरेको भन्ने पी’डितको उजुरीका आधारमा प्रहरी जवानविरुद्ध मु’द्धा दर्ता भएको हो । प्रहरी जवान सिंहले यही कातिक १३ गते राति बालिकालाई उनी सुतेकै कोठामा गएर क’रणी पछि झु’ ण्ड्या’एर ज्या’न लिने प्र’यास गरेको पी डित बालिकाका आफन्तले आ’रोप लगाएका छन् । ज्या’न लि’ने प्र’यासबारे त्यस रात पी’डितका पिताले थाहा नपाएका भए ती बालिकाको अ’कालमा ज्या’न जान सक्ने ख’तरा थियो ।

पी’डित बालिकाका पिताले भन्नुभयो, “सुनसान रात थियो, कोही चि ‘च्चाएको जस्तो आवाज आयो, को रहेछ भनेर हेर्न जाँदा आफ्नै छोरीलाई उनको रु खमा झु’ ‘ण्डाएको अवस्थामा भेटेँ । ह’तारह’तार गएर दो’पट्टा का ‘टेर बचायौँ ।”पी’डित परिवार अ’चेत अवस्थामा भेटिएकी छोरीलाई बोकेर उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुगेको थियो । उपचारपश्चात् बा’लिकाको हो स आएपछि आज बल्ल कर’णी को मुद्धा दर्ता गर्न आएको पी’डित परिवारले जनाएको छ । “नागरिकको सुरक्षाका लागि ख’टिएका प्र हरीबाट यस्तो हुन्छ भने अरुबाट के आश गर्नु ?, ती पिताले भन्नुभयो, “हामीले छिटो न्याय पाउनुपर्छ । दोषीलाई क ‘डा कारबाही हुनुपर्छ ।”

बा’लिकाको घाँ टीमा दो’ पट्टा’ले ल गाएको फाँ’ सीको ‘घा’उ अहिलेसम्म स्पष्टै देख्न सकिन्छ । घटनाको सत्यतथ्य बुझ्न एक प्रहरी अधिकृतको कमाण्डमा प्रहरी टोली ख’टाइएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “बालिकाको घा ‘टीमा घा’उ देखिन्छ, प्रहरी ज’वानविरुद्ध क’रणी को मुद्धा दर्ता गरी छानबिनका लागि टोली खटाएको छु, अब मुद्धा चल्छ ।” निज प्रहरी जवानले बालिकालाई कु’ टपि ट गरेका का’रण उनको खुट्टामा पनि नि ‘लडा म देखिन्छ । आफूलाई प्रहरी जवान सिंहले विवाह गर्ने भन्दै सँधै फोन गर्ने गरेको ‘पी’डित बालिकाले आ’रोप लगाएकी छिन् ।

चालु आर्थिक वर्षको यही कात्तिक १७ गतेसम्म जिल्लामा कूल छ वटा र गत आर्थिक वर्षमा सात वटा क’रणी का घटनामा अनुसन्धान भई मुद्धा चलाइएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो । ती सबै घटनामा प्रहरीले अनुसन्धान गरी अदालतमा पेश गरी पूर्पक्षका लागि पीडकहरु कारागार चलान भएका छन् । विगतमा गाउँगाउँमा प्रहरी चौकी नहुने भएकाले उजुरी नआउने तथा घटना सार्वजनिक नहुने भएकाले पछिल्लो समयमा कर’णी का ‘टनामा वृद्धि हुँदै आएको प्रहरीले जनाएको छ । जघन्य अ’परा’धबाहेकका सा’माजिक झैँ झ गडा र वि वादमा विषय स्थानीय तहका स्थानीय न्यायिक समितिका इजलाशमा बहश भई निर्णय हुने गरेका छन् । सक्रियता र प्रभावकारिताका दृष्टिमा जिल्लाको जोरायल गाउँपालिकाको स्थानीय न्यायिक समिति सुदूरपश्चिम प्रदेशकै नमूना न्यायिक समिति मानिन्छ ।

यो पनि : ढिस्कोमा पुरिएर तीन किशोरी घाइते

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा आज बिहान माटोको ढिस्कोमा पुरिएर तीन किशोरी घाइते भएका छन् । घर पोत्ने माटो लिन स्थानीय किचाँही जङ्गलमा गएका किशोरी माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।

घाइते हुनेमा कृष्णपुर–४ बालुवाटारकी १६ वर्षीया कृपा सिंह, १७ वर्षीया कमला धामी र कैलालीको गोदावरी नगरपालिका–११ की मीना ठगुन्ना रहेको प्रहरीले जनाएको छ । “गोदावरीकी ठगुन्ना आफन्तको घरमा आएका बेला माटो लिन गएका बेला घाइते भएकी हुन्”, प्रवक्ता थापाले भन्नुभयो, “घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।”

यो पनि : महिला वडा सदस्यको मृत्यु

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ की महिला वडा सदस्यको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । नेपाली कांग्रेसवाट प्रतिनिधित्व गर्ने ६७ वर्षीया वडा सदस्य शान्ति परियारको आज बिहान साढे १०ः०० बजे यहास्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।

नेपालगन्जको घरबारी टोल निवासी परियारलाई यही कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो । उहाँ कात्तिक ४ गते अस्पताल भर्ना हुनुभएको थियो । विभिन्न विधिवाट उपचार गर्दासमेत उहाँलाई बचाउन नसकिएको स्रोत व्यक्ति नरेश श्रेष्ठले बताउनुभयो । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । बाहिरी जिल्लाका २१ जनाले पनि बाँकेमा उपचारका क्रममा ज्यान गुमाएका छन् ।

यसैबीच, आजै भेरी अस्पतालमा गरीएको स्वाब परीक्षणमा थप ५३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पतालद्धारा आज दिउँसो ३ः४५ बजे जारी गरीएको विवरणअनुसार विभिन्न जिल्लाका ५३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । अस्पतालका अनुसार थपिएका नयाँ सङ्क्रमितमध्ये सबैभन्दा बढी २८ जना बाँकेका रहेका छन् भने २० जना बर्दियाका छन् ।

यसैगरी बाँकेमा आजै ४४ कोरोना सङ्क्रमित निको भई घर फर्किएका छन् । जिल्लाका विभिन्न आइसोलेशनमा रहेका २९ पुरुष र १५ महिला निको भई घर फर्किएका छन् । योसँगै बाँकेमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या दुई हजार ९२८ पुगेको छ । स्रोत व्यक्ति श्रेष्ठका अनुसार बाँकेमा बिरामी निको हुने दर ९२ दशमलव ४२ प्रतिशत रहेको छ । अहिले जिल्लाका विभिन्न आइसोलेशनमा बाँकेका २०७ र अन्य जिल्लाका १३ गरी २२० जना रहेका छन् ।

यो पनि : नयाँ धान खरिद शुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा नयाँ धान खरिद कार्य आजबाट शुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिको बैठकले गरेको निर्णयबमोजिम किसानको धान खरिद कार्य शुरु गरिएको कार्यालयका प्रमुख अनिल श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाको मोहनपुर र टीकापुरमा रहेको कम्पनीको आफ्नै गोदाममा काँटा सञ्चालन गरी आजैबाट नयाँ धान खरिद शुरु गरिएकामा सत्ती, भजनी र जोशीपुरमा एक÷दुई दिनमा खरिद कार्य शुरु हुन लागेको श्रेष्ठले बताउनुभयो ।

सरकारले तोकेको समर्थन मूल्यमा कम्पनीले नयाँ धान खरिद गर्न लागेको हो । सरकारले मोटो धान प्रति क्वीन्टल रु दुई हजार ७३५ समर्थन मूल्य तोकेको छ । कम्पनीले यस वर्ष छ हजार ५०० मे.टन (६५हजार क्वीन्टल) धान खरिद गर्ने लक्ष्य राखेको छ । गत वर्ष ५०हजार क्वीन्टल धान खरिद गरिएको थियो ।

कम्पनीले धान खरिदको व्यवस्था समयमै नगर्दा आजसम्म स्थानीय साना किसानलाई घर खर्चको व्यवस्था गर्नका लागि प्रति क्वीन्टल रु दुई हजारमा व्यापारीलाई बिक्री गर्नुपर्ने वाध्यता रहेको थियो । सरकारी कार्यालयले समयमै धान खरिदको व्यवस्था नगर्दा आफूले दशैँमा घर खर्च जुटाउनका लागि व्यापारीले भनेको भाउमा धान बेच्न बाध्ष् भएको धनगढीका किसान रामदीन चौधरीले गुनासो गर्नुभयो ।

अनुकूल मौसमका कारण यस वर्ष जिल्लामा धान उत्पादन गत वर्ष भन्दा वृद्धि भएको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले डुबानबाट प्रभावित क्षेत्रबाहेक जिल्ला भरीको उत्पादन यस वर्ष गत वर्षभन्दा केही वृद्धि भएको अनुमान गरिएको बताउनुभयो ।

डुबानको समस्याका कारण भजनी र जानकीनगरलगायतका क्षेत्रमा गरिएको जग्गाको धानवाली नष्ट भएको थियो । जिल्लामा झण्डै ७० हजार हेक्टर जग्गामा वर्षे धान खेती हुँदै आएकामा उत्पादकत्व प्रति हेक्टर तीन दशमलव पाँच मे.टन रहेको छ ।

प्रतिक्रिया दिनुहोस