विश्वकै पहिलो सुनै सुनले बनेको यो होटल, जान्नुहोस् रोचक कुरा

काठमाडौं – हामिले धेरै खालका होटलहरु देखेका छौ । कुनै होटल सामान्य हुन्छन् त कुनै फाइभ स्टार हुन्छन् । फाइभ स्टार होटलहरुमा राम्रो खानेकुरा र विभिन्न सुविधाहरु हुन्छ ।

के तपाइले सुनले बनेको होटल देख्नु भएको छ ? विश्वकै सबैभन्दा पहिलो सुनैसुनले बनेको होटल भियतनाममा छ । जहाँ हेर्दा पनि सुन देखिने उक्त होटल भियतनामको राजधानी हनोईमा खुलेको छ ।

उक्त फाइभ स्टार होटलका भित्ता, ढोका, झ्याल, कप, टेबल, खानेकुरा राख्ने भाँडो सबै सुनले बनेका छन् । २५ तल्ले उक्त होटलमा ४०० वटा कोठा छन् । होटलका स्टाफको ड्रेस पनि रातो र सुनौलो छ ।

यहाँका फर्निचर पनि सुनौलो रङका छन् । यो होटल सन् २००९ बाट निर्माण शुरु गरिएको हो ।

दक्षिणपूर्वी एसियाकै सबभन्दा विलासी होटल मानिएको यस होटलमा बसेको एक रातकै महँगो रकम तिर्नुपर्छ । यस होटलका कोठामा बसेको ३० हजार रुपैया तिर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस