पतिलाई ढाँटेर विवाहित डाक्टरसंग प्रेम, डाक्टरले लगाइदिए वि’षको इन्जेक्सन

काठमाडौ । विवाहेत्तर सम्बन्धका कारण एक महिलाले अनाहकमा ज्यान गुमाउनु परेको छ । श्रीमानलाई ढाँटेर प्रेमीसंग गएकी एक महिलाको निधन भएको छ । विवाहित महिलाको एक डाक्टरसंग प्रेम थियो । ति डाक्टर पनि विवाहित थिए । तर ति डाक्टरले भने प्रेमको नाटक मात्र गरेका थिए ।भारतको गाजियाबादमा, प्रहरीले सेप्टेम्बर ७ मा डा’स’ना क्षेत्रबाट हराइरहेकी एक महिलाको खोजी थालेपछि यस्तो रहस्य खुलेको हो ।

डाक्टर प्रेमीले महिलालाई प्रेमको नाटक गरे । उनलाई नोएडा लगे र त्यसपछि वि’षा’लु इन्जेक्सन लगाइदिए । सुई लगाएपछि ति महिलालाई चण्डीगढ़ लिएर गएको समेत खुलेको छ ।महिला हराएको लामो समय पछि उनको फोनको अनुसन्धान गर्दा ति महिला उनै डाक्टरसंगको सम्पर्कमा रहेको खुलेपछि प्रहरीको अनुसन्धानको घेरामा ति डाक्टर आएका थिए । अहिले ति डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

सेप्टेम्बरमा ७ मा ३१ वर्षीया महिला शबाना पत्नी यामीन गजियाबादको मसुरी क्षेत्रबाट हराएकी थिइन् । हराएको महिलावारे मसुरी पुलिस स्टेशनमा खोजीका लागि निवेदन दर्ता गरिएको थियो। प्रहरीले उक्त महिला डाक्टर इस्माईलको सम्पर्कमा रहेको थाहा पाएपछि प्रहरीले स्माइललाई पक्राउ गरेको हो ।इस्माईलले केही समय अघि आफ्नो मोबाइल नम्बर परिवर्तन गरेको थियो। पुलिसले डाक्टरको पुरानो मोबाइल नम्बर खोज्यो र ईस्मेललाई उसको लोकेशनको आधारमा पत्ता लगायो।

प्रतिक्रिया दिनुहोस