कुलमान घिसिङको ठाउँमा प्रधानमन्त्री निकट हितेन्द्र शाक्य नियुक्त

काठमाडौं २४ कार्तिक / गत भाद्र ३१ गते ४ बर्षे कार्यकाल सकाएर विद्युुत प्राधिकरणबाट कुलमान घिसिङ बिदा भएसँगैै प्राधिकरणको कार्यकारी निर्देशकमा प्रधानमन्त्री निकटका हितेन्द्र शाक्य नियुक्ती भएका छन्।

शाक्यले सोमबारदेखि कार्यभार सम्हालेको हो । घिसिङलाई पुन नियुक्ति गर्न चर्को जनदबाब भएपनि सरकारले आलटाल गर्दै शाक्यलाई जिम्मेवारी सुम्पिएको हो ।

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएकाे छ ।

ऊर्जा मन्त्रालयले अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् ।

प्रतिक्रिया दिनुहोस