९८% अंक ल्याएकी ऐश्वर्याले अनलाइनका लागि ल्यापटप किन्न नसकेको लेख्दै संसारबाट विदा लिइन्

काठमाडौं । अनलाइन अध्ययनका लागि ल्यापटप खरीद गर्न नसक्दा एक विद्यार्थीले यो जीवनबाट आफै बिदा लिएकी छिन् । भारतको तेलङ्गना राज्यको हैदराबादमा १९ वर्षीया ऐश्वर्या रेड्डीले आफुलाई आफैलाई संसारबाट बिदा लिएकी हुन् ।

कोरोना भाइरस (कोभिड–१९) पछि जारी लकडाउनमा कलेजको अध्ययन जारी राख्नको लागि ल्यापटप नभएकोले आफ्नो जीवनबाट विदा लिन पुगेकी हुन् । उनले परिवारलाई पुरानो ल्यापटप लिन अनुरोध गरिन, तर कमजोर आर्थिक अवस्थाका कारण परिवारले उनको माग पुरा गर्न सकेनन् ।

यसै कारण, दिल्लीको लेडी श्री राम कलेज (एलएसआर) की छात्राले तेलङ्गनामा उनको घरमा नसोचेको निर्णय लिएकी हुन् । यो संसारबाट विदा हुनुपूर्व उनले एक नोट लेखेकी थिइन् । नोटमा उनले कोरोना भाइरसको कारण आर्थिक समस्या झेलिरहेका हजारौं परिवार र विद्यार्थीहरूको त्रासदीलाई फेरि सबैसामु ल्याएकी छिन् ।

उनका बुबा (मोटरसाइकल मेकानिक) का अनुसार उनले ऐश्वर्यको शिक्षाको लागि पैसा जुटाएका थिए । उनले कक्षा १२ मा ९८.०५ प्रतिशत अंक प्राप्त गरी परिवारमा गौरव ल्याईन् । उनकी आमा सुमति रेड्डीले भनिन्, ‘मेरी छोरीले जस्तो परिस्थितिको सामना गर्नु पर्यो त्यो अरु छोरीसँग हुनु हुँदैन ।’

गणित अनर्स लिएर दोस्रो वर्षको अध्ययन गर्दै आएकी उनी गत फेब्रुअरीमा स्कूल र कलेजहरू बन्द भएपछि घर गएकी थिइन् । अक्टोबरमा उनले आफ्नो बुबालाई ल्यापटपको लागि अनुरोध गरेकी थिइन् । उनले आफुलाई मोबाइलमा अनलाइन कक्षा गर्न गाह्रो भइरहेको भन्दै ल्यापटपको माग गरेकी थिइन् ।

उनका बुवा श्रीनिवासले केही दिन पर्ख भन्दै छोरीलाई जवाफ फर्काएका थिए । आफ्ना परिवारको आर्थिक अवस्थाले उनले यसबारे फेरि कहिले कुरा निकाल्न उचित मानिनन् । गत मंगलबार जब परिवार उनीहरूको बैठक कोठामा भेला भए, तब ऐश्वर्या अर्को कोठामा गएर यो सब गरिन् ।

तेलगुमा लेखिएको उक्त नोटमा उनले भनेकी छिन्, ‘मेरो कारणले गर्दा, मेरो परिवारको खर्च बढ्दै छ, म उनीहरूको लागि बोझ हुँ । मेरो शिक्षा बोझ हो । यदि म अध्ययन गर्न सक्दिन भने, म यो संसारमा रहेर के अर्थ ।

कृपया प्रयास गर्नुहोस् र निश्चित गर्नुहोस् कि इन्स्पायर छात्रवृत्ति कम्तिमा एक वर्षको लागि दिइओस् ।’ सुमति रेड्डीले भनिन्, ‘उनी चुपचाप बस्दा परिवारले कहिल्लै पनि महसुस गरेनन । उनी हाम्रो आर्थिक अवस्थाका कारण प्रेसरबाट गुज्रिरहेकी थिइन ।’

प्रतिक्रिया दिनुहोस