आना बेचेर खाना खाने काठमाडौंका जनताको घरको छतमा पोलिथिन झोलामा फल्यो तरकारी !

काठमाडौं २५ कात्तिक । आम नेपाली जनता आज भोली कौसी खेती गर्न व्यस्त छन् । गाउँको हजारौं रोपनी जग्गा बाँझै छोडेर काठमाडौंमा ३ —४ आनाजग्गामा किनेर शहरिया बनेका नेपाली अनि काठमाडौका काठे भनेर चिनिने यहाँको लोकल आम जनता आफ्ना पुर्खाको जमिन आनामा बचेर खाना खानेप्रवृतिले कौसी खेती मैलाएको छ ।

आना बेचेर खाना खाने काठमाडौंका जनता बाहिरबाट आएका मानिसलाई एक आने र दूई आने भन्ने यति बेला आफैआनामा आइसकेका छन्, कारण ‘जग्गा चलान घर ढलान’ । उदाहरणको लागि भुकम्प पछिको काठमाडौं बासी टहरामा बस्न बाध्य भएको त्यो दिनलाई लिन सकिन्छ। काठमाडौमा प्रसस्त जग्गा जमिन भएका मानिस सरकारको ५० हजार राहातको लागि मुख ताक्नु पर्यो । जग्गा बेचेर घर धानेकालाई अब नयाँ घर कसरी बनाउँने चिन्ताको विषय बन्यो अनि जग्गा बेची घर बनाउन सुरु गर्न थाले धानको बाला झुल्ने खेतमा घर झुले घरको छत माथि अहिले तरकारी झुले अचम्म छ यो दुनियाँ …

बारीमा तरकारी लगाउँदा खेती किसान हुने घरको छतमा तरकारी लगाउँदा शिक्षित समाजको आधुनिक कृषक हुने जसको उत्पादनले एउटा परिवारलाई केही समयमात्र राहात मिल्छ । अनि आधुनिक कृषक भनाउँदाहरु सामाजिक सञ्जालमा फोटो पोष्ट गरी आफ्नै बारीको, समयको सदुपयोग, मिहिनेतको फल भन्दै सार्वजनिकगर्छन् । हामी त काठमाडौंका हौं भन्दै शान देखाएर हिड्नेलाई घरका छतमा फलेका तरकारीले नै जिस्काइरहेको छ । समयमा काम नगर्ने, हल्लेर खाने प्रवृति,जग्गा बेचेर घर बनाउने , बिहे गर्ने, फेरि फेरि सवारी साधन किन्ने काठमाडौं वासी काठे को यो प्रवृतिले घरको छतमा तरकारी खेती मौलाएको हो ।

बारीमा काम गर्न लाज हुने आज घरको छतमा एउटा पोलिथिन झोलामा काउली फलाउँदै सामाजिक सञ्जालमा फोटो पोष्ट गरेर आफै दङग परेका छन् । अनि गाउँमागरिखान गाह्रो भएर शहर पसेका घरको छतमा यति तरकारी फलाए भन्दै फलाक्दै हिड्ने गरेका छन् । अनि एउटा घरले अर्को घरको प्रसंसा गर्न थाल्छ । फलानोले त घरको छतमा कस्तो राम्रो तरकारी फलाएछ । खाली भएको ठाउँलाई सदुपयोग गर्नु राम्रो हो । खेर जाने ,काम नलाग्ने भाँडोमा तरकारी फलाउनु पनि राम्रो हो तर आना बेचेर खाना खाने अनि घरको छतमा तरकारी फलाउने चाही कुन हद सम्म राम्रो हो ? अहिले काठमाडाकोैं हरेक घरको छतमा पोलथिन झोलामा तरकारी फलेको देख्न सकिन्छ , भने धान फल्ने काठमाडौंका खेतमा घर फलेको पनि देख्न सकिन्छ ।

यस्तो अवस्था आउनुमा पक्नै पनि सरकारको पनि हात छ । हजारौं रोपनीमा तरकारी गर्ने मानिस यति बेला एउटा पोलिथि झोलामा काउँली फलाउन व्यस्त छन् । कारण देशको भौगोलिक बनावट अनुसार विकास निमार्णको काम हुन नसक्नु हो, भने सरकारी तन्त्रलाई म र मेरो परिवारले मात्र सुख भोग गर्नुपर्छ भन्ने सकुचित धारण भएर हो । जुन तन्त्र आए पनि देशमा मेरो भन्दा पनि हाम्रो भन्ने प्रवृति विकास नगरे सम्म बारीको तरकारी खेती अब घरको भान्छा कोठामै नपुग्ला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस