हाकिम गए आफ्नै महिला कर्मचारी लिएर मस्ती गर्न, फर्केर आउँदा जागिर चट

एक हाकिमले मस्ताी गर्ने चक्करमा आफ्नो जागिर गुमाउनु परेको छ । यो घटना अमेरीकाको हो । उनले आफ्नै महिला कर्मचारीसँग मस्ती गर्न लाग्दा जागिर गुमाएका हुन् ।अमेरिकाको विश्व चर्चित फास्ट फुड कम्पनी म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी अधिकृत स्टीभ इस्टरब्रुकलाई कम्पनीले निकालेको हो । कम्पनीको महिला कर्मचारीसँग मस्ती गर्न गएपछि इस्टरब्रुकलाई पदबाट हटाइएको साथै उनले जागिर नै गुमाएका हुन् ।

युएसए टुडेमा छापिएको समाचार अनुसार, सिइओ इस्टरब्रुक र महिला कर्मचारीबीच सहमतिमा सबै भए पनि इस्टरब्रुकले कम्पनीको नीति नमानेको र कमजोर निर्णय क्षमता देखाएको कम्पनीले ठहर गरेको थियो ।

कम्पनीले जागिरबाट हटाएसँगै इस्टरब्रुकले ती महिला कर्मचारीसँग आफ्नो प्रेम रहेको स्वीकार्दै आफूले गल्ती गरेको बताएका छन् । उनले कम्पनीको मूल्यमान्यतालाई ध्यानमा राख्दै आफूले जागिर छाडेको प्रतिक्रिया जनाएका थिए । अमेरिकाको प्रसिद्ध फास्ट फुड कम्पनी म्याक्डोनल्ड्सको विश्वभर सञ्जाल छ ।

प्रतिक्रिया दिनुहोस