आज धन्तेरसको दिन कति छ सुनको मुल्य ?

नेपाली बजारमा केहि दिनयता ओरोलो लाग्दै आएको सुनको भाउ आज (शुक्रबार) फेरि बढेको छ ।

आज सुनको भाउ तोलोमा ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज छापावाल सुन तोलाको ९५ हजार २ सय र तेजावी सुन तोलाको ९४ हजार ७ सयमा कारोबार भैरहेको छ ।

हिजो सुनको भाउ तोलामा ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको थियो । चाँदी भने आज पनि हिजो जस्तै तोलामा १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन तोलाको ९४ हजार ७ सय र तेजावी सुन तोलाको ९४ हजार २ सयमा कारोबार भैरहेको थियो । जुन मुल्य कात्तिक १४ गतेपछिकै सस्तो हो । कात्तिक १४ गते सुनको मुल्य ९४ हजार ५ सय मा कारोबार भएको थियो ।

अरु दिनहरुमा भन्दा धन्तेरसको दिन सुनचाँदीको कारोबार बढि हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस