घरवाट छोरी हराएको दुईदिन पछि आयो मोवाइलमा यस्तो म्यासेज, परिवारको उड्यो होस

काठमाडौ । कैलालीको जानकी गाउँपालिका(३ की १४ वर्षीया एक किशोरी गएको कात्तिक १९ गते घरबाट हराएपछि परिवारमा चि’न्ता छायो। अभिभावकले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन्। छोरीले घरबाट लगेको मोबाइल उठाउन छाडिन्। छोरी नभेटिएपछि आफन्तले ‘प्रहरीलाई उजुरी गर्छौँ, तिमी कहाँ छौ’ भनी म्यासेज गरे।

‘हामीले त्यस्तो म्यासेज गरेपछि छोरीले विवाह गरिसकेको सन्देश पठाइन्,’, किशोरीकी आमा दिव्या शर्माले भनिन्, ‘मैले घर फर्काएर ल्याउँ भनेँ तर श्रीमान् र घरका अन्य सदस्यले मानेनन् । इ’ज्जत फालिसकेकी छोरी ल्याउनु हुन्न भने।’

लामो समय विद्यालय ब’न्द भएपछि छोरीले विवाह गरेको दिव्या’को भनाइ छ। १० कक्षामा पढ्थी, लामो समयदेखि विद्यालय बन्द भएपछि घरमै मोबाइल चलाउन दिएँ,’ आमा दिव्याले भनिन्, ‘मोबाइलमा दिनभरि को–कोसँग गफ गरिछ, मैले समय दिन पाइनँ, छोरीले कम उमेरमै विवाह गरेर जिन्दगी ब’र्बाद गरिन्।’

कोरोना महा’मारीका का’रण धेरैजसो विद्यालय गएको चैतदेखि नै बन्द छन् । केही विद्यालयले अनलाइन कक्षा शुरु गरे पनि अधिकांश विद्यालयको पढाइ नहुँदा विद्यार्थीले पढ्न पाएका छैनन् । यसबीचमा विद्यालय जाने उमेरका बालबालिकाको विवाह अघिल्लो वर्षको भन्दा दो’ब्बरले बढेको प्रहरीको तथ्याङ्क छ।

प्रतिक्रिया दिनुहोस