घरमा राखेका यस्ता चीजले चम्काउनेछ तपाईको भाग्य, गलत तरिका अपनाए निम्त्याउँछ दुर्भाग्य

काठमाडौँ । धर्ममा आस्था राख्नेका लागि ईश्वर सर्वशक्तिमान हुन्। ग्रह–नक्षत्र तथा देवी–देवता सबै ईश्वरको अधिनमा हुन्छन्। ईश्वर पछि प्रकृति महत्वपूर्ण हुन्छ। जसप्रकार प्रकृतिले रोग, शोक या अन्य घटना, दुर्घटना सिर्जना गरेको हुन्छ, त्यस्तै प्रकारले त्यस्ता रोग, शोक या घटना दुर्घटनाबाट बच्ने उपाय पनि दिएको हुन्छ।

प्रकृतिमै ती सबै उपाय छन्, जसबाट तपाईले आफ्नो सकरात्मक उर्जा विकास गरेर भाग्यलाई जागृत गर्न सक्नुहुन्छ। भाग्यमा समय र स्थानको पनि धेरै महत्व हुन्छ। गलत स्थान रहनाले अथवा जानाले पनि दुर्भाग्य हुन आउँछ। त्यसोत भाग्यमा कर्म (काम) को पनि योगदान हुन्छ । गलत काम गरे भाग्य खुल्दैन।

यो आलेखमा यस्तै विषय उल्लेख गरिएको छ, जसलाई अपनाएर तपाईले आफ्नो भाग्य जागृत गर्न सक्नुहुनेछ।

घरलाई भाग्यवर्धक बनाउनुहोस्
वास्तु अनुसार घरको ढोका उत्तर, पश्चिम अथवा पूर्व दिशामा राख्नुहोस् । घरलाई सधैं सफा–सुग्घर राख्नुहोस्। घरभित्र कुनै पनि अनावश्यक बस्तु नराख्नुहोस् । घरमा धेरै देवी तथा देवताका मूर्ति तथा चित्र राख्ने काम नगर्नुहोस् । घरको ईशान कोण सधैं खाली राख्नुहोस् । या त्यो ठाउँलाई पानी(जल) राख्ने स्थान बनाउनुहोस् । ढोकाको माथि भगवान गणेशको मूर्ति र दायाँ–बायाँ स्वस्तिक चिह्नसँगै शुभ–लाख लेखेर राख्नुहोस्। विहान र साँझ घरमा मधुर सुगन्ध र संगीतबाट वातावरणलाई राम्रो बनाउनुहोस्। राति सुत्नुभन्दा अगाडि घ्यूमा तारिएको कपुर जलाउने गर्नुहोस्। घरको आसपास नकारात्मक ऊर्जा वाला बोटविरुवा, वृक्ष छन् भने सावधान रहनुहोस्। घरमा सजिलै हावा छिर्ने व्यवस्था मिलाउनुहोस्। घरका तीनवटा ढोका एकैतर्फ फर्किएको बनाउनु राम्रो हुँदैन।

प्रतिक्रिया दिनुहोस