लसुनमा मह मिसायर खादा हुन्छ यस्ता चमत्कारिक फाइदा जानिराखाै।

लसुन र मह (हनी) को बारेमा जानकारी नहुने सायदै होलान् । हरेक दिन हाम्रो भान्सामा लसुन मसलाका रूपमा प्रयोग हुन्छ । लसुन मसलामात्रै नभएर यो भान्साको औषधि पनि हो ।

यसले शरीरका अनेक विकारलाई शुद्धीकरण गरेर अनेक खाले इन्फेक्सन कम गर्नसमेत सहयोग गरिरहेको हुन्छ । लसुनले मानिसको पाचनक्रियालाई समेत फाइदा पुर्‍याइरहेको हुन्छ ।

बनाउने तरिका

दुई, तीनवटा लसुनको पोटी पिसेर पेस्ट बनाउने । त्यसमा ताजा (काँचो) मह मिसाउने । मि श्रणलाई केही बेर राख्ने, यसो गर्दा लसुनमा मह राम्ररी मिसिन्छ । यसरी बनाइएको पेस्ट बिहान खाली पेटमा ७ दिनसम्म सेवन गर्ने ।

लसुन र महको महत्व

लसुनजस्तै मह पनि मानिसका लागि औषधीय गुणले भरिपूर्ण छ । लगातार सात दिनसम्म मह र लसुन सेवन गरेमा स्वास्थ्यका लागि चामत्कारिक फाइदा गर्छ । मह र लसुनबाट बनाइएको ‘पेस्टु सेवन गर्दा स्वास्थ्यमा लाभ मिल्ने स्वास्थ्य विज्ञहरूको सुझाव छ ।

रुघाखोकीमा फाइदा

लसुन र महको मिश्रण सेवन गर्दा शरीरमा गर्मी बढाउँछ । यसले तपाईंलाई रुघाखोकीबाट जोगाउँछ ।

मुटुका लागि फाइदा

लसुन र महको पेस्ट सेवन गर्दा मुटुलाई स्वस्थ राख्न मद्दत पुग्छ । यसले मुटुमा जमेर बसेको विकारलाई बाहिर निकाल्छ । यसले मुटुका धमनी सफा गर्ने हुँदा रक्तसञ्चार राम्रोसँग हुन पाउँछ ।

पाचनक्रियामा लाभ

यसको सेवनले पाचनक्रियालाई बलियो बनाउँछ । मानिसको पाचनप्रणाली सबल भयो भने पेटका कारण सुरु हुने अन्य बिरामी लाग्नबाट जोगाउँछ ।

लसुन र महको पेस्टले शरीरमा जम्मा भएको फोहोर र विकार बाहिर निकाल्न ‘क्लिनरुको काम गर्छ । शरीरको विकार बाहिर निस्किएपछि मानिसलाई स्वस्थ जीवन बिताउन यो लाभकारी मानिएको छ ।

पखालाबाट छुटकारा

यति तपाईं पटकपटक लाग्ने झाडापखालाबाट पीडित हुनुहुन्छ भने लसुन र महको पेस्ट तपाईंका लागि ‘अमृतु हुनसक्छ । यसको सेवनले पाचनप्रणालीले राम्ररी काम गर्न थाल्छ । यसले तपाईको पेटसम्बन्धी जुनसुकै प्रकारको संक्रमण निको हुनसक्छ ।

घाँटीको इन्फेक्सनमा फाइदा

लसुन र महको पेस्ट घाँटीको इन्फेक्सनमा पनि त्यत्तिकै लाभकारी मानिएको छ । यसको मि श्रणमा एन्टी-इन्फ्लेमेटरी गुण पाइन्छ, जसले घाँटीको खसखस र सुन्निएको अवस्थाबाट आराम दिलाउँछ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

भुटेको एक पोटी लसुन खानुहोस् र यि फाइदाहरु उठाउनुहोस् !

हामीले खाने हरेक खानामा बिभिन्न खाले भिटामिन मिनरल तथा प्रोटिन र कार्बोहाइड्रेट जस्ता तत्व पाइने गरिन्छ । यस्तै हरेक नेपालीको भान्सामा पाइने लसुनको पनि फाइदा धेरै छन् । लसुनको प्रयोगले खाना मिठो मात्र हुँदैन कि यसले धेरै फाइदा पनि गर्दछ ।

बिशेष गरि काँचो लसुन भन्दा भुटेको लसुन धेरै लाभदायक रहेको विज्ञहरुले बताएका छन् । पुरुषहरुको लागि भुटेको लसुन निकै नै निकै फाइदाकर हुने गर्दछ ।

भुटेको लसुन सेवन गर्दा हुने फाइदाहरू यसप्रकार छन्

लसुनमा पाईने एलिसिनले रक्तसंचारमा सुधार ल्याउँछ । यसले स्टेमिना बढाउँछ । यसमा सेलेनियम, भिटामिन्स हुन्छ । यसले स्पर्मको क्वालिटीमा सुधार ल्याउँछ र फर्टिलिटी बढ्छ ।

यसमा पाईने एलिसिनले सेक्स हार्मोनको लेभल सन्तुलित रहन्छ । यसले इरेक्टाइल डिस्फंक्शनको समस्याबाट बचाउँछ । यसबाट कोलेस्ट्रोल लेभल नियन्त्रण रहन्छ । यसले मुटुको समस्याबाट बचाउँछ ।

यसमा पाईने एन्टीअक्सीडेन्ट्सले मेटाबोलिज्म सुधार हुन्छ । मोटोपन तीव्र रूपले कम हुन्छ । यसबाट शरीरको टोक्सिन्स हट्छ । यसले किड्नी, लिभर समस्याबाट बचाउँछ ।

यसमा एन्टी कार्सिनोजिनक एलिमेन्ट्स हुन्छ । यसले प्रोस्टेट क्यान्सरबाट बचाउँछ ।

भुटेको लसुन खाने ३ तरिका

भुटेको लसुन महमा मिलाएर खानुहोस् ।

सूप बनाउने क्रममा लसुन मिलाएर खान सक्नुहुन्छ ।

हरियो धनियाँको चट्नी बनाउने क्रममा लसुनलाई मिक्स गरेर खानुहोस् ।

लसुन जसको प्रयोग जाने यति धेरै रोगको जडी ओखती हुन्छ, के तपाईलाई सहि तरिका थाहा छ ?

प्राचिन समयमा धेरै संस्कृतिहरुले लसुनलाई औषधिको रुपमा प्रयोग गर्थे । भारत र चीनमा लसुनलाई खान पचाउनको निमित्त अन्य विभिन्न परिकारमा मिसाएर प्रयोग गर्ने गरिन्छ । यसका साथै स्वासप्रस्वास तथा अन्य परजीबी संक्रमण हरुसंग जुध्न पनि लसुन प्रयोग गरिन्थ्यो ।

सामान्यरुपमा हेर्ने हो भने लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ । यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय कलेजोलाई उत्तेजक पार्छ । महिलाको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ । पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ ।

गर्भावस्थामा भने यसको प्रयोग अहितकर हुन्छ । लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ । लसुनका यी विविध भागलाई नियमित रुपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका बिभिन्न रोग लाग्ने संभावना न्यून हुन्छ । क्यान्सरको समस्यामा लसुन पनि लाभदायक देखिएको चिनियाँ चिकित्सकको अनुसन्धानले पुष्टि गरेको छ ।

लसुन अत्यधिक औषधीय गुण भएको चिज हो । यो विभिन्न खाले रोगको रोकथाम तथा उपचारमा प्रभावकारी हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । तरकारी वा अन्य परिकारमा लसुन हालेर खाने त हामी सबैले गरेकै हुन्छौँ तर खाली पेटमा लसुन खाने बानी भने हुँदैन ।

तर बिहान खाली पेटमा लसुन खानु निकै फाइदाजनक हुन्छ । बिहान खाली पेटमा लसुन खानु किन बढि प्रभावकारी हुन्छ ? किनकी बिहानको समयमा ब्याक्टेरिया बढि मात्रामा बाहिर आएका हुन्छन्, जसलाई लसुनमा हुने तत्वले नष्ट गर्न सक्छ ।

खाली पेट लसुन खानुका फाइदा यस्ता छन्

उच्च रक्तचाप नियन्त्रण- बिहान खाली पेटमा लसुनको केही केश्रा नियमित रुपमा खानाले रक्तप्रवाह सन्तुलित गराउने तथा मुटुसँग सम्बन्धित विभिन्न खाले समस्याका साथै कलेजो तथा मुत्रथैलीको संक्रमणको जोखिम समेत कम गर्छ ।

झाडापखाला नियन्त्रण- सामान्य खाले झाडापखालको उपचारका लागि लसुनको सेवन हितकर हुन्छ । बिहान खाली पेटमा लसुन चपाउनुहोस्, त्यसले झाडाबान्तामा फाइदा पुग्छ ।

भोक लाग्दैन ? लसुन खानुस्- लसुनले पाचन क्रियालाई नियमित गर्दछ र भोक बढाउन मद्दत गर्दछ । यसले तनाव कम गर्नुका साथै पेटमा हुने अम्लपना समेत नियन्त्रण गर्न सहयोग पूराउँछ ।

दम, निमोनिया, ब्रोंकाइटिस, चिसो लाग्ने समस्या तथा खोकी लगायतका स्वासप्रस्वास जन्य समस्याको घरेलु उपचारमा लसुन निकै उपयोगी सिद्ध हुन्छ ।

लसुनको नियमित सेवनले कब्जियतको समस्या समेत कम गर्दछ ।

भुटेको लसुनको फाइदा

लसुनलाई भुटेर सेवन गरेमा विशेषगरी पुरुषका लागि निकै फलदायी साबित हुन्छ । लसुनलाई काँचै वा तरकारी र अचारको रुपमा प्रयोग गरिन्छ । लसुनमा सल्फरको मात्रा केही बढी हुन्छ भने ‘ऐलिसिन’ नामक तत्व पनि हुन्छ, जसले एन्टी–ब्याक्टेरियल, एन्टी–फंगल र एन्टी ओक्सिडेन्टजस्ता गुण उत्पादन गर्छ ।

एक अध्ययनले लसुनमा पाइने ‘फाइटोकेमिकल्स’ तत्वले पुरुषको स्वास्थ्यलाई विशेष फाइदा गर्ने पत्ता लागेको छ । यस्तै, आयुर्वेदका चिकित्सकले पुरुषलाई रातिमा भुटेको लसुनको एक पोटी खाने सल्लाह दिन्छन्, जान्नुहोस् यसले के–कस्ता फाइदा गर्छ ।

१) पेटको समस्या कम

हरेक दिन भुटेको लसुन खानाले हाम्रो पेटमा ग्यास भरिदैन । यसले गर्दा हामीलाई ग्यास्ट्रिक जस्तो समस्याले सताउदैन । यसले खाना पचाउन मद्धत गर्ने भएकाले कब्जियतको समस्या देखी मुक्त हुन सकिन्छ ।

२) रोग प्रतिरोधात्मक क्षमता बढ्छ

हरेक दिन भुटेको लसुन खानाले हाम्रो शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । यसमा पाइने एन्टी ब्याक्टेरियल तत्वले विभिन्न प्रकारका ब्याक्टेरियासँग लड्न मद्धत पुर्याउँछ ।

३) चिसोबाट बचाउँछ

तातो तेलमा लसुन पड्काएर शरीरमा लगाउनाले शरीरमा चिसो छिर्न पाउदैन । यसले गर्दा हामीलाई रुघाखोकी जस्तो समस्याले सताउदैन ।

४) दाँतको दुखाइ कम

यदी तपाई दाँत दुखेर हैरान हुनुहुन्छ भने दाँत दुखेको ठाउँमा भुटेको लसुन पिसेर लगाउनुहोस् । तपाईलाई यसले निकै आराम दिन्छ ।

५) रक्त चाँप नियन्त्रण

विभिन्न अध्ययनले दैनिक भुटेको लसुन खाने व्यक्तिमा रक्तचाँप सन्तुलित रुपमा रहने देखाएको छ । त्यसका साथै यसले रगतलाई सफा राख्ने काम पनि गर्छ ।

६) हर्मोन ब्यालेन्स

भुटेको लसुन पुरुषको लागी निकै लाभदायक छ । यसमा पाइने एलिसिनले पुरुषको सेक्स हर्मोन सन्तुलित रुपमा राख्न मद्धत गर्छ ।

लसुनको पातले स्वास्थ्यमा पार्ने प्रभाव

लसुनको हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ । लसुनको पातलाई अचार बनाउने वा तरकारीमा हालेर मज्जाले खाने पनि गरिन्छ । स्वाद मीठो मात्र होइन लसुनका हरियो पातका निकै धेरै गुणहरु छन् :

१. लसुनका पात खानाले सरीरको रोग प्रतिरोधी क्षमता बढ्छ । यसमा एलिसिन भन्ने तत्व हुन्छ जसले रोग प्रतिरोधी क्षमता वृद्धि गराउँछ ।

२. लसुनको पातले एक प्रकारको एन्टी बायोटिक्सकै काम गर्छ । यसमा ब्याक्टेरिया प्रतिरोधी क्षमता हुनुका साथै दुखाइ कम गर्ने तत्व पनि हुन्छ । यसले संक्रमणको खतरा पनि कम गर्छ ।

३. लसुनको पातमा प्रसस्त्रै आइरन तत्व पाइनछ । त्यसकारण रक्तअल्पता भएकाहरुले लसुनको पातको नियमित सेवन गर्न लाभदायी हुन्छ ।

४. लसुनका पातको सेवन मुटुका लागि समेत लाभदायी हुन्छ । यसमा पाइने पोलीसल्फाइड तत्वले मुुटुका विभिन्न रोगबाट बचाउँछ ।

५. लसुनका पातमा म्यांगानिज तत्व हुन्छ । यसले सरीरमा कोलेस्टेरोलको मात्रा नियनत्रण गर्छ र मुटु तथा रगत सम्बन्धी समस्या कम गर्छ ।

६. लसुनको पातको नियमित सेवनले पेट तथा पाचन प्रणाली सम्बन्धि संक्रमण पनि कम गर्छ । साथै चिसो तथा रुघाखोकीको उपचारमा पनि लसुनको पातको सेवन कामयावी हुन्छ ।

त्यसैले लसुनको केश्रा मात्र होइन हरियो पात समेत तरकारी बजारबाट किनेर नियमित तरकारी वा अचारमा मिलाएर खाने गर्नु अति उत्तम काम हो ।

यसैले लसुन पोटीको रुपमा होस् या पातको रुपमा स्वास्थ्यका लागि निकै फाइदाकारी छ ।

कस्ता मानिसहरुले लसुन खान हुदैन

लसुन जसको प्रयोग जाने यति धेरै रोगको जडी ओखती हुन्छ, के तपाईलाई सहि तरिका थाहा छ ? थाहा पाउँनको लागि यो पढ्नुहोस् ।
लसुनले हाम्रो खानालाई मीठो बनाउने मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ रहन धेरै मद्दत गर्दछ ।

लसुन नियमित खानाले स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बच्न सकिन्छ तर लसुनले सवै मानिसलाई राम्रो गर्छ भन्ने छैन । लसुनको प्रयोग गर्दा आफ्नो स्वस्थ्य अवस्थाका विषयमा जानकार हुनु जरुर छ किनभने सबै किसिमका रोगहरुमा लसुनको प्रयोगले फाइदा गर्दैन ।

कुनै कुनै रोगहरु यस्ता हुन्छन् कि त्यसका रोगीहरुले लसुनको प्रयोग गर्दा थप दुख पाइन्छ भने कतिमा त ज्यान जाने सम्मको अवस्था श्रृजना हुन सक्छ ।

यहाँ हामी त्यस्तै केहि रोगहरुका बारेमा जानकारी गराउँदैछौँ जसका बिरामीहरुका लागि लसुनको सेवन वर्जित गर्दा नै फाइदा हुन्छ । थप जानकारीका लागि भने तपाईले डाक्टरसँग सल्लाह लिनु सबै भन्दा बढि बुद्धिमानी हुन आउँछ ।

लसुनको सेवन गर्दा ध्यान दिनुपर्ने कुराहरु यस प्रकार छन्

शल्यक्रिया गर्न लागेको व्यक्ति

कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्दछ किनभने, लसुनले गर्दा सर्जरी पछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर सङ्क्रमित हुने गर्दछ ।

जन्डिस

जन्डिस भएकाले लसुन खाएमा जन्डिस बिग्रिन सक्ने भएकाले त्यस्ता मानिसले लसुन खानु हुदैन । कलेजो सम्बन्धी समस्या भएकाका लागि लसुन उपयुक्त मानिदैन ।

कम रक्तचाप भएको व्यक्ति

लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँदछ । यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन् । उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ |

सुत्केरी अवस्था

सुत्केरी अवस्थामा सामान्य मात्रामा लसुन खादा हुन्छ । तर बढीमात्रामा खायो भने सुत्केरी र स्तनपान गराउने महिलालाई राम्रो गर्दैन ।

झाडापखाला लागेको व्यक्ति

झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ र यस्तो अवस्थालाई ‘इन्टेस्टाइनल म्युकोसल हाइपरिमिया’ भनिन्छ । यस्तो अवस्था हुँदा, दिसा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन् । त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस्।

आँखाको रोग भएको व्यक्ति

आँखाका रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन । विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ । यो रोगीले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन् ।

पेटको समस्या

आन्द्रामा ग्यास जम्मा भएकाले पेट दुखेर अथवा पेट पोलेर हैरान हुनसक्छ त्यसैले पेटको समस्या भएकाले लसुन खानु हुदैन ।

यसैले यस्ता बिरामी भएका मानिसहरुले लसुनको प्रयोग सकेसम्म नगरेकै राम्रो ।

प्रतिक्रिया दिनुहोस