चिसो मौसममा ओठ फुटेर दिक्क हुनुहुन्छ ? घरमा बनेको यी उपाय अपनाउनुहोस् पाउनुहुनेछ सजिलै छुटकारा

काठमाडौँ । सामान्यतयाः जाडोको मौसम सुरु भएसँगै ओठ फुट्ने समस्या पनि शुरु हुन्छ ।जाडोको समयमा हावा सुख्खा हुने र यसको स्पर्श छालामा पर्दा छाला पनि सुख्खा हुने गर्छ ।

जाडोको समयमा सुख्खा हावा बाहेक अन्य कारण पनि ओठ फुट्ने समस्या आउँछ ।अन्य के कारणले ओठ फुट्छ भनेर सामान्यतयाः कम मात्र मानिसहरुलाई थाहा हुने गर्छ ।

१. ओठमा बारम्बार जिब्रो लगाउँदा
केही मानिसहरुको बारम्बार जिब्रो ओठमा दल्ने बानी हुन्छ । जिब्रोमा भएको र्याल बारम्बार ओठमा दल्दा ओठ झन् सुख्खा हुन्छ । थुकमा केही यस्ता एन्जाइम्स हुन्छन् जसले भोजन पचाउने काम गर्छ । त्यस्तो थुक ओठमा लगाउँदा ओठमाथिको पर्त एन्जाइम्सका कारण सुक्न थाल्छ र ओठ झन् धेरै फुट्छ ।

२.डिहाइड्रेशन
ओठ फुट्ने अर्को ठूलो कारण भने डिहाइड्रेसन हो । डिहाइड्रेसन अर्थात शरीरमा पानीको मात्रा कम हुनु । पानी हाम्रो शरीरका लागि अत्यावश्यक पदार्थ हो। प्यास नलागेसम्म पानी नपिउँदा यस्तो समस्या देखापर्छ । मानव शरीरलाई दैनिक २ देखि ३ लिटर पानीको आवश्यकता पर्छ । त्यसैले थोरै समयको अन्तरालमा पानी पिइरहनुपर्छ । डिहाइड्रेशनको समस्यामा ओठ धेरै फुट्ने गर्छ । साथै, अन्य स्वास्थ्य समस्यामा समेत अ‍ोठ फुट्न सक्छ ।

३.अमिलो खानेकुरा
अत्यधिक अमिलो खानेकुरा खाँदा पनि ओठ फुट्ने समस्या आउँछ । यसको धेरै सेवनले माउथ ड्राइनेस र ओठ फुट्ने समस्या हुनसक्छ । भिटामिन सीले छालामा चमक ल्याउने र उमेरभन्दा कम बुढो देखाउन मद्दत गरेता पनि यस्ता खानेकुरामा हुने एसिडिक नेचरका कारण छालालाई धेरै सुख्खा बनाउने हँुदा ओठ फुट्न सक्छ । त्यसैले अमिलो खाँदा पानी ज्यादा पिउने गर्नुपर्छ ।

४.धेरै मद्यपान
कहिले काँही मदिराको धेरै सेवन गर्दा पनि ओठ फुट्ने समस्या आउँछ । अल्कोहलले डिहाइड्रेसन गराउने हुँदा ओठ फुट्न सक्छ । ओठ धेरै नै कोमल हुन्छ । त्यसैले बोल्दा, बातचित गर्दा शरीर भित्रको हावाको सम्पर्कमा लगातार आउँछ र ओठमो नरमपनामा कमी आउँछ । यस्तो यदि तपार्ईं मद्यपान धेरै पिउने गर्नुहुन्छ भने तपाईंको ओठ फुट्ने समस्या आउँछ ।

५.चेलाइटिस
ओठ फुट्ने समस्या छालाका लागि एक विशेष समस्याको रुपमा लिइन्छ । जसलाई चेलाइटिस भनिन्छ । चेलाइटिसको समस्यामा मुख, कानहरु र ओठ फुट्ने गर्छ । र यस्ता अंगबाट रगत समेत आउँछ । यस्ता समस्यालाई बेवास्ता गर्दा इन्फेक्शन समेत हुने गर्छ ।

समाधान
हावामा बाहिर निस्कनुभन्दा अगाडि कुनै तैलीय पदार्थ ओठमा दल्ने र केहि छिनपछि सुतीको कपडाले हल्का पुछेर निस्केमा केहि रक्षा हुनसक्छ।

राती सुत्दा विशेष गरी ग्लिसरीनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्ने प्रक्रिया कम हुन्छ ।

सुत्ने बेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरीकाले ओठमा दल्नाले फाइदा पुग्छ ।

शरीरमा पानीको मात्रामा कमी हुँदा ओठ, गाला, हात, खुट्टा फुट्न सक्छन् । त्यसैले गर्मी र जाडो दुवै मौसममा पानी पर्याप्त पिउनुपर्छ ।

ओठ फुट्ने धेरैजसो व्यक्तिहरू बारम्बार जिब्रोले ओठ चाट्छन् । यसो गर्दा केहि सञ्चो भएजस्तो लाग्छ, तर थुक सुकेपछि पहिलेको भन्दा झन् सुख्खा हुन्छ । बारम्बार ओठ चाटिरहँदा ओठको छाला वरिपरि कालो हुनजान्छ ।

जाडोमा दैनिक बदाम र सुन्तलाको सेवन गर्दा पनि यसबाट बच्न सकिन्छ । बाहिरी वातावरणमा जाँदा लिपगार्ड, लिपिस्टिक लगाउँदा पनि ओठ फुट्नबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस