अभिनेत्री रजनी केसिका रातो पहिरनमा १० मोहित पार्ने रूप, फिदा बनाउने फिगर…..(तस्बिर सहित)

अभिनेत्री रजनी केसी पछिल्लो समय सानोपर्दामा निकै ब्यस्त छिन् । निर्माता छविराज ओझाको फिल्म ‘लोफर’बाट अभिनयमा डेब्यु गरेकी रजनी।

रजनीले लोफर पछि लगातार केही फिल्म हात परेकी हुन् । तर फिल्मको असफलताले गर्दा उनी ठुलो पर्दामा जम्न भने सकिनन् । ठुलोपर्दामा राम्रो नफापे पनि उनलाई अहिले सानोपर्दा भने राम्रोसँग फापेको छ । सानोपर्दाका लागि उनलाई भ्याइनभ्याई समेत रहेको छ ।

पछिल्लो समय उनी निर्देशक निर्मल शर्माले बनाउने गरेको टिभी सिरियल, बिज्ञापन चलचित्रका अलवा गजित बिष्टको निर्देशक रहेको टेलिचलचित्र ‘अचानक’मा समेत ब्यस्त रहेकी छन् । फिल्ममा यस्तो लुकमा प्रस्तुत हुने गरेकी रजनी सानो पर्दामा भने सिम्पल लुक्समा देखिने गरेकी छन् ।

तर पनि उनीबाट भने दर्शक निरास हुन परेको छैन किनभने बेलाबेलामा उनी सामाजिक सञ्जालमा यस्ता तस्बिर सार्वजनिक गर्दै आइरहेकी छन् । हालै पनि रजनीले सामाजिक सञ्जालमा एक रातो ड्रेसको केही तस्बिर सार्वजनिक गरेकी छन् ।

रातो ड्रेसमा उनि प्रस्तुत भएकी छन् । तस्बिरमा उनी निकै सुन्दर समेत देखिएकी छन् । तस्बिरलाई उनका फ्यानले राम्रो प्रतिक्रिया समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस