मोरङको बेलबारीमा अनौठो माछा भेटिएपछि हेर्नेको भिड (तस्विरहरू सहित)

बेलबारी । मोरङको बेलबारी ६ स्थित नहरमा अनौठो प्रकारको माछा भेटिएपछि हेर्नेको भिड लागेको छ । सुनसरी मोरङ सिँचाई आयोजनाको नहर अन्तर्गत सोमबारे र बनौल बिचको बिचपैनीमा बुधबार त्यस्ता २ वटा माछा फेला परेका हुन ।

स्थानिय बयोवृद्ध अग्रज र माछा पाल्ने तथा यसको व्यवसायमा संलग्नहरुले समेत विगतमा यस्तो माछा नदेखेको बताएपछि त्यहाँका बासिन्दाले माछालाई जिवितै सुरक्षित राखेका छन् । माछाका विषयमा जीवशास्त्री वा संरक्षणविदहरुलाई अवलोकन गराएर जाकारी लिन चाहेको स्थानियले पूर्वेली न्यूजलाइ जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस