नि:सन्तानलाई डाक्टरले आँखै अगाडि सम्बम्ध बनाउन लगाए, पछि थाहा भयो डा. योगेश नक्कली

एजेन्सी । सन्तान नभएका दम्पत्ति आफ्नो सन्तान प्राप्तीका लागि चिन्तित भई अनेक उपायमा लाग्छन् । त्यस्तै एउटा घटना बाहिर आएको छ । एक निसन्तान दम्पत्ति उपचारको लागि कथित डाक्टरकोमा गए । निसन्तान दम्पतीको उपचार गर्ने डाक्टरले आफ्नै अगाडि सम्बन्ध बनाउन लगाए । डाक्टरले कसको गल्ती कहाँनिर छ भनेर हेर्न चाहेको बताएपछि दम्पत्ति पनि तयार भए र उनले भने जस्तै गरे ।

तर उनीहरुको उपचार गर्ने डाक्टर सक्कली भने होइन रहेछन् । सबै काम सकिएपछि मात्र थाहा भयो । हाल नक्कली डाक्टरलाई अदालतले १० वर्ष जेल र १० हजार रुपैयाँ सजाय तोकेको छ ।

योगेश कुपेकर नामका एक व्यक्ति डाक्टर भनेर बसिरहेका थिए । उनी कहाँ निसन्तान दम्पत्ति पुगेका थिए । उनीहरुलाई योगेश आफैले निसन्तानको डाक्टर भएको जानकारी दिएका थिए । नक्कली डाक्टरलाई दम्पतीले सन्तानको लागि जे गर्न पनि तयार रहेको बुझिसकेकाले उनीहरुलाई झुक्याए ।

उनले दम्पतीलाई आफू नजिक बोलाएर भने कि मेरो आँखा अगाडि सम्बन्ध बनाउनु । उनले आफ्नो अगाडि सम्बन्ध बनाउँदा गर्भवती हुने बताएका थिए । उनले यतिमात्र गर्न लगाएनन् दम्पत्तिसँग पैसा पनि लिए । कथित डाक्टरले भने जस्तै गर्दा पनि गर्भवती नभएपछि उनीहरुलाई तनाव हुन थाल्यो ।

महिलाको स्वास्थ्य बिग्रदै जाँदा अस्पतालमा भर्ना गर्नुपर्यो । उसको उपचारले केही काम नगरेपछि ठगी गरेको शंका लागेर प्रहरीमा उजुरी दिए । प्रहरीले आरोपीलार्ई समातेर १० वर्षको जेल र १० हजार रुपैयाँ सजाय सुनाएको छ । घटना भारतको हो । अहिले ती नक्कली डाक्टर योगेश जेल सजाय भोगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस