गँजडी छोरीहरु भन्छन् – एक सर्को दुनियाँ अर्को

पद्मा र उनका साथीहरूको गाँजा खाने विभिन्न ‘जक्सन’ छन्। ‘ठमेल, बौद्ध, जोरपाटी, स्वयम्भू, बानेश्वर, वसन्तपुर, सामाखुसी हामीले गाँजा खाने जक्सन हुन्,’ उनले भनिन्, ‘धेरैजसो ठमेलमा होटल बुक गरेर खान्छौँ। उस्तै परे कसैले थाहा नपाउने गल्ली र पार्किङमा गएर पनि खाने गरेका छौँ।’

गाँजा खाँदा आफू छुट्टै दुनियाँमा पुग्ने उनी बताउँछिन्। ‘तोप (गाँजा) खाँदाजस्तो रिल्याक्स अरू केहीमा हुँदैन,’ उनले भनिन्, ‘खान थालेपछि जे कुरालाई पनि गहिरो तरिकाले सोच्न थालिन्छ। हुनै नसक्ने कुरा पनि कल्पना गरेर बसिन्छ। कहिले हाँसेको हाँस्यै भइन्छ। कहिले रोएको रोयै।’

होटल, रेस्टुरेन्ट, कफी सप होस् वा चिया पसल, अचेल गाँजा तान्ने युवायुवती र किशोरकिशोरी थुप्रै भेटिन्छन्।
पद्माकी साथी तृष्णा (नाम परिवर्तन) ले धेरैजसो केटीले ब्वाइफ्रेन्डसँग ब्रेकअप भएपछि गाँजा खान थाल्ने बताइन्। भनिन्, ‘गाँजा खान थालेपछि त्यस्ता ब्रेकअप स्रेकअप सबै बिर्सिइन्छ। ‘रेड आइज, बिग स्माइल’ भन्ने हाम्रो स्लोगनै छ। खाएको बेला ‘हाम्रो जिन्दगी पो जिन्दगी, अरूको जिन्दगी त के जिन्दगी’ जस्तो लाग्छ।’

कक्षा ११ मा पढ्दा तृष्णालाई क्लब जाने बानी पर्‍यो। ‘घरबाट साथीकोमा जान्छु भनेर लुकीलुकी क्लब जान्थेँेँ,’ उनले भनिन्, ‘घरबाट जान नदिएको दिन झ्यालबाट बरन्डा हुँदै राति भागेर निस्किन्थेँ। बिहान अरू उठ्नुभन्दा पहिल्यै आएर कोठामा सुतेको नाटक गर्थें।’ साथीहरूको समूहमा ‘फिट’ हुन आफूले चुरोट र गाँजाको सहारा लिनुपरेको उनले बताइन्। ‘साह्रै बिग्रिएँ भनेर कहिलेकाहीँ मनलाई बाँध्ने कोसिस गर्छु,’ उनले भनिन्, ‘साथीहरूले रमाइलो गरेर फोटो इन्स्टाग्राममा देखेपछि चुमचुम लागिहाल्छ।

गाँजा खान तृष्णाले आफ्नै बेस्ट फ्रेन्डबाट सिकिन्। ‘मेरो बेस्ट फ्रेन्डका दाइहरू काठमाडाँै, नारायणटारका रफ केटाहरू थिए,’ उनले भनिन्, ‘उनीहरूले नै गाँजा ल्याएर दिन्थे। एक दिन बेस्ट फ्रेन्डले नै ‘ट्राई गर्, खत्रा ट्रिप दिन्छ’ भनेपछि खान थालेको हुँ।’ घरबाट दिने पकेट खर्च तृष्णा गाँजामा खर्चिन्छिन्।

‘पैसा नपुगेर धेरै पटक ममीको एटीएम कार्ड झ्याप हानेको छु,’ उनले भनिन्, ‘आफूसँग पैसा भएको बेला आफू खुवाउने, साथीहरूसँग भएको बेला उनीहरू खुवाउँछन्। कोहीसँग नहुँदा ‘भोलि दिन्छु’ भनेर उधारोमा पनि गाँजा किनिन्छ। खाने बानी लागेपछि जताबाट पनि म्यानेज हुन्छ। तलतल मेट्न कुनै समस्या हुँदैन।’

पद्मा, तृष्णा र उनका धेरै साथी गाँजा खाएको निहुँमा धेरै पटक प्रहरी थानामा पुगिसके। ‘एक रात १२ बजेसम्म रोडमा तोप तानेर बसेका थियौँ,’ पद्माले भनिन्, ‘हामीलाई देखेर कप्स (पुलिस) ले लखेट्यो। त्यो रात थानामै बित्यो। भोलिपल्ट तोप खाने अर्की साथी कुर्ता लगाएर हाम्री दिदी बनेर हामीलाई छुटाएर लिएर गई। बेला–बेला कप्सले हाम्रो सातो उडाउँछन्।’ उनिहरुले भने ……..
-सम्पुर्ण विक्ली

प्रतिक्रिया दिनुहोस