लगातार घटेको सुनको मुल्य आज फेरी बढ्यो, हेर्नुहोस तोलाको कति पुग्यो

काठमाडौं – आज साताको तेस्रो दिन, मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा ७ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाले बढेको हो ।

आइतबार प्रतितोला ९० हजार रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला ९० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको हो

यो पनि : आज पनि नेप्सेमा नयाँ रेकड कायम

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १२.४० अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार २८.७९ अंक बढेर १९९७.०५ विन्दुमा पुगेको नेप्से यस दिन सो सेसनमा १२.४० अंक बढेर १००९.४६ विन्दुमा पुगेको हो।

सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७९ अंक बढेको छ। सो सेसनमा ४१ कम्पनीको ४८ लाख ५६ हजार २९६ रुपैयाँ बराबरको १४ हजार ५३६ शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३३ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस