आज पनि बढ्यो सुनको मुल्य

काठमाडौं – नेपाली बजारमा मंगलबार बढेको सुनको मुल्य आज (बुधबार) पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार कायम कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य ९० हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको हो । मंगलबार पनि सुनको मूल्य तोलामा ५ सयले बढेको थियो ।

त्यस्तै तेजावी सुनको मूल्य ९० हजार ५५० निर्धारण गरिएको छ भने आज चाँदीको मूल्य प्रतितोला ११८५ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस