यी हुन् पटक पटक प्रेममा असफल भएका नेपाली अभिनेत्री…

पहिलो प्रेमलाई सबैले स्मणीय प्रेम भन्ने गरेका छन् । प्रेमको फिलिङ पहिलो पटक अनुभूत गरिने भएकाले कहिल्यै भुल्न नसकिने हुन्छ ।

जसरी सुरुवातमा पढेको क, ख, ग, घ र ए, बी, सी, डी अनि परिवारमा पहिले सिकेको संस्कार बिर्सन मिल्दैन, त्यसरी नै पहिलो प्रेम पनि बिर्सन सकिँदैन ।

धेरै जसाे फष्ट लभ सफल हुदैँन् । तर, कसैकसैकाे पहिलो प्रेम सुखद् रहेको पाइन्छ । नेपाली फिल्मी क्षेत्रमा पनि त्यस्ताे देखिएकाे छ । नेपाली केहि यस्ता हिरोइनहरु छन्, जसले पहिलो प्रेम र त्यसपछिका प्रेममा असफल प्राप्त गरे ।

यसरी प्रेममा असफल हुने अविवाहिता ६ नेपाली नायिकाः

निता ढुंगाना :

पछिल्लो समयमा चकलेटी नायिका निता ढुंगाना र आमेष भण्डारीको जोडीलाई मिलेको जोडीको रुपमा परिचित थिए । आमेष र निताको ४ वर्ष लामो प्रेम सम्बन्ध दुई महिनाअघि झट्का आएको थियाे । चाडै विवाह बन्धनमा बाधिने घोषणा गरेको यी जोडीको सम्बन्ध राम्राे हुन सकेन । अहिले दुवै एकअर्कालाई भुल्ने प्रयास गरिरहेका छन् ।

नीता र आमेषको जोडीबीच आपसी असमझदारी र शंका कारण समबन्ध बिग्रेकाे हाे । उनीहरु दुवैले अभिनय गरेको चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’देखि उनीहरुको विवाद उत्कर्षमा पुगेको थियो । त्यही विवादका बढ्दैं गएपछि उनीहरु एकअर्कासँग छुट्टिएका छन् ।

मलिना जोशी :

सन् २०११ की नेपाल सुन्दरी मलिना जोशीको पनि प्रेम सम्बन्ध पनि टुटेको छ । ‘ऋतु’, ‘द वीनर’जस्ता फिल्ममा नायिका रहेकी मलिना र मोडल तथा नायक अनुपविक्रम शाहीबीच मलिना मिस नेपाल भएकै केही समयमै प्रेम सम्बन्ध जोडिएको बताइन्छ ।

उनीहरुको प्रेम सम्बन्ध टुटेको छ । खासै चर्चामा नआएको यो जोडीको ब्रेकअपका विषयमा गत वैशाखमा एक कार्यक्रममा राखिएको जिज्ञाशामा मलिनाले आफूहरुबीच प्रेम नै नरहेको बताएकी थिइन ।

अनुपविक्रमले भने आफ्ना निकटकाहरुसँग मलिनासँग ब्रेकअप भएको बताउँदैं आएका थिए । उनीहरुसँगै हिड्ने र सँगै घुम्ने गरेका तस्विरहरु पनि सामाजिक सञ्जालमा नछाएका होइनन् । अनुपविक्रम र मलिनाका आकर्षक सेल्फीहरु पनि मिडियामा देखिएका थिए । उनीहरुबीच प्रेम रहेको विषयमा आएका समाचारहरु न मलिनाले खण्डन गरिन न त अनुपले नै । अहिले उनीहरु दुवै अलगअलग रहेको बताइन्छ ।

नम्रता श्रेष्ठ :

चकलेटी नायिका रुपमा नम्रता श्रेष्ठको चर्चा हुन्छ । नम्रता पनि प्रेममा असफल हुने नेपाली हिरोइनमा पर्छिन् । उनको पहिलो प्रेम रेमनदास श्रेष्ठसँग रहेको कुरा सार्वजनिक भएको थियो । त्यो प्रेम सफल हुन सकेन । डिजे तान्त्रिककाण्डले उनको पहिलो प्रेम टुंगिएको बताइन्छ ।

उनलाई कतिपयले त इन्टेलेक्चुअल र सम्पन्न नायिकाका रुपमा पनि चिन्दैं आएका छन् । अभिनयमा समेत प्रखर मानिने यी नायिकाको प्रेम सम्बन्ध डिजे तान्त्रिकसँगको स्क्या’न्ड’लपछि धनाढ्य म्यानपावर ब्यवसायी प्रेम घलेसँग जोडियो । प्रेम घलेसँगको प्रेम सम्बन्ध टुंगिएको चर्चा जतिबेला आयो ठीक त्यहिबेला उनी स्टीभव दावा शेर्पाको प्रेमको परेको खबर सार्वजनिक भयो । पछिल्लो समय नम्रतामाथि धनाढ्य प्रेमी बनाउने नायिकाको आ रोप समेत लाग्ने गरेको छ ।

सुष्मा कार्की :

नायिका सुष्मा कार्की पनि प्रेममा असफल हुने नायिका हुन् । बर्दिया स्थायी घर भएकी यी नायिका एक समय निरन शाहीसँग गहिरो प्रेममा थिइन । सार्वजनिक रुपमा पनि निरन र सुष्माको जोडीको निकै चर्चा हुने गरेको थियो । कतिसम्म भने निरनको प्रेममा पागल प्रेमी बनेकी सुष्माले आफ्नो शरीरमा निरनको नामको ट्याटु समेत बनाएकी थिइन ।

तीन वर्ष प्रेम सम्बन्धमा रहेको यो जोडी आपसमा विवाद बढेपछि २०७१ साउनमा एकअर्काबाट अलगिएको हो । सुष्माका प्रेमी निरन उनलाई सार्वजनिक स्थानमै कु’ट’पी’ट समेत गर्थे । सुटिङ होस वा रेष्टुरेष्टमा उनीहरुबीच कु’ट’पी’ट भएका खबरहरु खुबै आए । निरन्तर आफूलाई सार्वजनिक स्थानमै कु’ट’पी’ट गर्न थालेपछि सुष्माले निरनबाट ब्रेकअप लिएकी हुन् । त्यसअघि उनको नाम निर्देशक सुदर्शन थापासँग जोडिएर चर्चामा नआएको होइन ।

नम्रता सापकोटा :
नायिका नम्रता सापकोटा पनि प्रेममा विछोडको पीडा झेल्ने नायिका पर्छिन । एक समय उनको सागर श्रेष्ठसँग गहिरो प्रेम थियो । यो जोडीको २ वर्षसम्म प्रेम सम्बन्ध २०७१ सालको भदौतिर ब्रेकपअमा टुंगिएको थियो । आपसमा विचार नमिलेपछि र विवाद बढ्दै गएपछि नम्रता र सागर अलग भएका हुन् ।

कतिसम्म भने नम्रताले प्रेमीसँगका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै आफू सागरको प्रेममा पग्लिएको बताउँदैं आएकी थिइन । ‘अन्तराल’बाट डेब्यु गरेकी नम्रतालवे झण्डै २ सय म्युजिक भिडियोमा अभिनय गरेको बताउँदैं आएकी छिन् ।

जेनिशा केसी :

तस्बिर : महेश प्रधान
कुनै समय विराज भट्टसँग नाम जोडिएर चर्चामा आएकी नायिका जेनिशा केसीको पनि ब्रेकअप भएको छ । प्रेम सम्बन्धमा रहेकी यी नायिकाले आफ्नो ब्रेकअप भएको बताएकी छिन् । एक अनलाइनसँगको कुराकानीमा उनले आफ्नो ब्रेकअप भएको कुरा स्वीकार गर्दै विगतका पललाई नकोट्याउन आग्रह गरिन् । ‘भो विगतका पलहरुलाई नकोट्याउ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस