शुक्रबार राति यी काम गर्नुहोस्, मिल्छ लक्ष्मी माताको कृपा

काठमाडौँ । हिन्दूहरुको बाहुल्यता रहेको मुलुकमा हिन्दू धर्मका मान्यताहरुलाई समेत मानिन्छ। व्यापार व्यवसाय गर्नेहरुले लक्ष्मीको पूजाआजा गर्छन्।

धेरैलाई विश्वास छ, लक्ष्मीपूजाको दिन धूमधामका साथ पूजा गरे लक्ष्मी खुशी हुन्छिन् र घर तथा व्यवसायमा पैसाको कमी हुँदैन।

लक्ष्मीपूजाको दिन सिंगारिने गाउँघर तथा शहर र मानिसका घरहरुले यही विश्वासको संकेत गर्छन्। तर, लक्ष्मी भगवतीलाई खुशी बनाउनका लागि प्रत्येक साता उनको पूजाआजा गर्न सकिने हिन्दू धर्मशास्त्रमा लेखिएको छ।

प्रत्येक दिन कुनै न कुनै भगवानलाई मानिन्छ। जस्तो सोमबारका दिन शिव, मंगलबारका दिन हनुमान मानेजस्तै शुक्रबार लक्ष्मी मातालाई मानिन्छ।

भक्तहरु लक्ष्मीको उपवास र पूजापाठ गर्छन्। लक्ष्मीको कृपा परे मानिसमा दुःखहरुको निवारण हुेने र धनको कहिले कमी नहुने विश्वास गरिन्छ। यसका साथै लक्ष्मी माताको आशीर्वाद भक्तहरुमा सधैं परिरहन्छ।

शास्त्रका अनुसार यदि तपाईँ लक्ष्मीमातालाई प्रसन्न तुल्याउन चाहनुहुन्छ भने शुक्रबारको रात यी ५ कामहरु गर्नुपर्छः

शुक्रबार राति लक्ष्मीमाताको पूजा गर्दा भगवान विष्णुको पनि पूजा गर्न आवश्यक छ । तपाईँ श्रीयन्त्र वा अष्टलक्ष्मीको तस्वीर पनि स्थापना गर्नसक्नुहुन्छ। यसपछि कपूरको आरती गर्ने र घरभरि नै कपुर जलाउनुपर्छ यसले नकारात्मकता समाप्त हुन्छ।

यसपछि कपुरलाई तुलसीसँग राखिदिनुुहोस् । यसो गर्दा लक्ष्मीका साथै भगवान विष्णुको पनि आशीर्वाद मिल्नेछ।

शुक्रबार राति घरमा खीर बनाउन आवश्यक छ र यो सबै परिवारले ग्रहण गर्नुपर्छ । यदि तपाईँको घरमा कुुमारी कन्या छिन् भने सबैभन्दा पहिले उसैलाई खीर खुवाउनुस् यसो गर्दा तपाईँलाई चाँडै शुभ फल मिल्नेछ । यसो गर्दा घरको आर्थिक स्थिति सही हुने र धनसँग सम्बन्धित समस्या पनि टाढा भाग्नेछ ।

यी चार स्थानमा कोठी भएका व्यक्ति हुन्छन् निकै भाग्यमानी र धनवान,…
शुक्रबार राति लक्ष्मी स्तोत्र वा कनकधारा स्तोत्र पनि श्रद्धापूूर्वक पाठ गर्नुस्, लाभदायक मानिन्छ । यो पाठ गर्दा सुखसमृद्धि पाइने बताइन्छ । यसका साथै नोकरी वा व्यवसायसँग सम्बन्धित समस्या पनि टाढा भाग्नेछ ।

विष्णु पुराणमा लक्ष्मी स्तोत्रका बारे बताइएको छ कि एक समय देवताका राजवैभव लुटिएको थियो । यही स्तोत्र पाठ गरेपछि सम्पूर्ण वैभव र राजपाठसमेत पुनः प्राप्ति भएको थियो ।

सोही कनकधारा स्तोत्रमा भनिएको छ कि शंकराचार्यले यसको पाठ गरेर धनको वर्षा गराएका थिए । त्यसैले यसको पाठ गर्न धेरै मंगलदायी मानिन्छ ।

शुक्रबार राति खुला आकाशमुनि चन्द्रमा र पूर्वजको ध्यान गर्नुपर्छ र उनलाई आफ्नो समस्याका बारेमा बताउनुहोस् । यसो गरेमा उनीहरुको आशीर्वाद तपाईँउपर हमेशा बन्ने हिन्दू धर्मशास्त्रमा विश्वास गरिन्छ । पितृदोष समाप्त हुने र जीवनमा जे पनि बाधा आउँछ ती सबै टाढा भाग्नेछ र तपाईँलाई मानसिक बल मिल्नेछ ।

सामान्यतया रातको समयमा सुगन्ध लगाउँनुहुँदैन भनिन्छ, तर शुक्रबारको दिन माता लक्ष्मी र शुक्रग्रहसँग सम्बन्धित हुन्छ ।

शुक्रग्रह श्रृंगारप्रिय मानिन्छ, यसैले रातमा सुगन्ध अर्थात् परफ्यूम लगाउनुस् । क्योरा र गुलाबको सुगन्ध तपाईँका लागि शुभ हुन्छ ।

साथै तपाईँको सिरानीको मुनि पनि सुगन्धित पदार्थ राख्न सक्नुहुन्छ, यसो गर्दा तपाईँलाई आन्तरिक रुपमा सकारात्मक उर्जा आउँछ र परिवारमा पनि यसको असर पर्छ ।

यदि तपाईँ तकियाको मुनि राख्न असमर्थ हुनुहुन्छ भने तपाईँ अरोमा मैनबत्ती वा खुश्वुवाला मैनबत्ती पनि घरमा जलाउन सक्नुहुन्छ ।

लक्ष्मी माताको कृपाले धनको कमी नहुने जनविश्वास हो। वास्तविक लक्ष्मी प्राप्तिका लागि चाहि सत्कर्म नै उत्तम माध्यम हो । भएको धनसम्पत्तिको राम्रो व्यवस्थापन, व्यवसाय वा कामप्रति लगाव, इमानदारिता, मेहेनत लगायतले समेत लक्ष्मी खुशी हुन्छिन्। जसबाट धर्न आर्जन गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस