विवाह बन्धनमा बाधिँइन् अभिनेत्री श्वेता खड्का (तस्बिरसहित)

काठमाडौँ । अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाधिँएकी छिन् । उनले प्रेमी विजयन्द्र सिंह रावतसँग आज काठमाडौँको गोकर्ण फरेस्ट रिसोर्टमा विवाह बन्धनमा बाधिँएकी हुन्।

धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाधिँएकी श्वेताले आज बिहान नै मेहेन्दीका तस्बिरहरु सामाजिक सञ्जलामा शेयर गरेकी थिइन् । विवाहमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थिति रहेको थियो ।

उनको विवाहको तस्बिर पनि सार्वजनिक भएको छ । तस्बिरमा श्वेता निकै सुन्दर देखिएकी छिन् । पति श्रीकृष्ण श्रेष्ठको निधन भएको करिब ६ वर्षपछि श्वेता विजयन्द्र सिंहसँग विवाह बन्धनमा बाधिँएकी हुन् ।

चलचित्र कहाँ भेटिएला बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी श्वेताले हालसम्म आधा दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस