श्वेतालाई करिष्माको शुभकामना- कहिलेकाही भावनालाई पैतालामुनि कुल्चिनुपर्छ

नायिका करिश्मा मानन्धरले सोमबार विवाह बन्धनमा बाँधिएकी नायिका श्वेता खड्कालाई वैवाहिक जीवनको शुभकामना दिएकी छिन् । नायिका मानन्धरले सामाजिक सञ्जालमा एक भावुक सन्देश लेख्दै शुभकामना दिएकी हुन् ।

‘आएको हरेक परिस्थितिको सामना गर्दै, साथै समाजका मूल्य-मान्यतालाई कायम राख्दै र मान्दै जीवनलाई हिम्मतका साथ जिउन ठूलो आँट चाहिन्छ, यस्तोमा कतिपय अवस्थामा आफ्ना भावनाहरुलाई पैतालामुनि कुल्चिनु पर्ने स्थिति पनि आउँछ,’ उनले लेखेकी छिन् ।

‘पुरुषप्रधान मानसिकता रहेको हाम्रो यो समाजमा, ठूला ठूला आवाजमा कस्तो प्रकारको महिला सशक्तीकरणका कुरा गरिरहेका छौं हामी ?,’ हरेक मानिसको खुसी भएर बाँच्न पाउने अधिकार रहेको बताउँदै मानन्धर अगाडि सोध्छिन्, ‘जो विचरी अवस्थामा छिन् र अरुको सहयोगको अपेक्षा गरेर आँखा तानेर बसेकी छिन् ! या जो हिम्मतका साथ ती सबै समस्याहरुसँग जुधेर आफुलाई भित्रैबाट सशक्तीकरण गरेर आफ्नो लागि नयाँ बाटोको निर्माण गर्दै छिन्, र यो पनि समाजको अगाडि प्रस्तुत भएर गर्दैछिन् ।’

श्वेताको विवाह एउटा उदाहरणीय सुरुवात भएको करिष्माको ठहर छ । ‘जीवनमा परेका भवितव्यले लथालिङ्ग हुने होइन कि त्यसबाट सिकेर बलियो भएर अगाडिको बाटो बनाउने हो ।

समाजमा जनजागरण कहिलेकाही आफैं उदाहरण बनेर पनि दिनुपर्छ,’ उनले भनेकी छिन् ।

‘तिम्रो हिजोको स्टाट्स लेखाइमा भयेको तिम्रा भाव बुझे जस्तो लागेर यी शब्दहरु लेख्दैछु,’ करिष्माले शुभकामना दिँदै लेखेकी छिन्, ‘नवीन वैवाहिक जीवनको शुभकामना श्वेता । तिमी वास्तविक जीवनको नायिका हौ ।

प्रतिक्रिया दिनुहोस