लगातार घटेको सुनको मूल्य ! आज फेरी बढ्यो, हेर्नुहोस तोलाको कति पुग्यो ?

मंसिर २३, काठमाडौँ | मंगलबार सुनको मूल्य प्रतितोला रु १५ सयले बढेको छ | आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार १ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | यसअघि सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको थियो |

त्यस्तै आज तेजाबी सुनको मूल्य ९३ हजार ६ सय ५० कायम भएको छ | आज चाँदीको मूल्य पनि बढेको छ | सोमबारको तुलनामा प्रतितोला रु ३० ले बढेर १२ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ |

यसअघि सोमबार चाँदीको मूल्य प्रतितोला १२०५ मा कारोबार भएको थियो |

प्रतिक्रिया दिनुहोस