सामन्थाले नयाँ प्रेमीकै लागि १६५ केजीबाट ९० केजी तौल घटाइन् : यो कसरी सम्भव भयो !

काठमाडौं । विवाहका लागि धेरै पुरुषहरु स्लिम युवती खोज्ने गर्छन । अर्कोतिर महिलाहरुले पनि सिक्स प्याक भएको हट्टाकट्टा व्यक्तिलाई रोज्ने गर्छन । यस्तै एक रोचक घटना अहिले बाहिर आएको छ । अमेरिकाको क्यालिफोर्निया शहरमा बस्ने सामन्था रावलेले आफ्नो मोटोपनका कारण धेरै अप्ठ्यारो सामना गर्नुपर्ला भनेर कहिल्यै सोचेकी थिएनन् ।

तर यो तब भयो जब सामन्थालाई थाहा भयो कि उनको एक्स प्रेमीले सामन्थालाई उसका आमा बुबालाई भेट्न दिएनन् । किनभने उनी अधिक मोटी भएका कारण हो । यस व्यक्तिले सामन्थासँगको सम्बन्ध अन्त्य गरे त्योपनि पनि केही नगरी त्यसपछि सामन्थाले ९० केजी तौल कम गरेकी छिन् । ति केटाले उनी मोटी भएका कारण आफ्ना आमाबाबुसँग भेट गर्न दिएका थिएनन् ।

अब उसैलाई देखाउनका लागि उनले आफ्नो तौल घटाएकी हुन् । सामन्था अहिले ३० बर्षकी भईन । उनी एक्लो आमा हुन् र क्यालिफोर्नियाको ओरेन्ज काउन्टीमा बस्छिन् । सामन्थाको तौल १६५ केजी रहेको थियो ।

उनले परम्परागत विधिहरू द्वारा धेरै पटक तौल कम गर्ने प्रयास गरिसकेका थिए तर अन्ततः उनको तौलको समस्याबाट मुक्त हुनको लागि अपरेशनको सहारा लिने निर्णय गरिन् । सामन्थाको ग्यास्ट्रिक स्लीभ शल्यक्रिया भयो । उनले सामाजिक सञ्जालमा यो तौल घटाउने कुरा उनका लागि ज्यादै चुनौतीपूर्ण रहेको बताइन् ।

बोर्ड पाण्डासँग कुराकानी गर्दै सामन्थाले भनेकी छिन, ‘म १२ वर्षको भएदेखि डाइटिङ्ग गर्दैछु । मैले तौल घटाउन औषधि लिएँ । यस बाहेक, धेरै तरिकाहरू पनि अपनाए, यद्यपि मेरो तौल केहि समयको लागि कम हुन्थ्यो तर यो फेरि ह्वात्तै बढ्थ्यो ।’

उनले अत्यधिक तौलको बाबजुद पनि कहिल्यै मोटोपन सम्बन्धी कुनै समस्याको सामना नगरेको बताइन् । जे होस्, उनी अब आफूलाई पूर्णरूपमा परिवर्तन गर्न इच्छा राख्थिन्, त्यसैले उनले यो निर्णय लिइन् ।

सामन्थाले भनिन् कि उनी डेटिङ्गको दुनियाँमा आफूलाई फिट गर्न सकिरहेकी थिइनन्, त्यसैले उनले आफूलाई फिट गर्न मेडिकलको सहयोग लिने निर्णय गरिन् । अब उनी फिट छिन् ।

प्रतिक्रिया दिनुहोस