तस्विरमा हेर्नुहोस् नायिका सुरविना कार्कीका ‘हट एण्ड बोल्ड’ लुक्स

नायिका सुरविना कार्की आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय छिन् ।

फिल्मका अलावा सुरविना सामाजिक सञ्जालमा अपलोड गर्ने बोल्ड तस्वीरका कारण पनि चर्चामा रहन्छिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूलाई प्रायः बोल्ड अवतारमा पस्केकी हुन्छिन् ।

नायिका सुरविना कार्की अहिले मुम्बइमा छिन् । मुम्बइमा रहेर संघर्षरत यी सुन्दरीले नेपाली चलचित्रमा काम नगरेको पनि लामै समय भैसकेको छ । उनले, चलचित्र ‘लप्पन छप्पन २’ साइन गरेकी थिइन् ।,,, भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

चलचित्रको छायांकनका लागि उनी यूरोप पनि पुगिन् । तर, यसको निर्माणपक्षले यूरोपमा चलचित्र खिच्न सकेन । यसपछि, भने सुरविनाले चलचित्रबाट हात झिकिन् ।

सुरविना कार्कीलाई नेपाली चलचित्र क्षेत्र फापेन । उनको अभिनयलाई दर्शकले उनका चलचित्रमा पत्याएनन् ।

त्यसपछि, अभिनयमै केही गर्ने सोचले मुम्बई हानिएकी यी सुन्दरीको तस्वीरले भने सामाजिक सञ्जाल तताइरहेका हुन्छन् ।

हालै सुरविनाले एक एक्सन मुडको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । सुरविनाले तस्वीर पोष्ट गर्दै बलियो हुन चाहनुहुन्छ भने एक्लै एक्सन सिक्नुहोस् भन्ने सुझाव दिएकी छिन् ।

सुरविनाले अभिनयका विभिन्न पाटो जस्तै एक्सनमा पनि जोडतोड लगाएको हुनुपर्छ । तर, उनलाई मुम्बईमा तीन महिना अभिनय पढेर आएपछि पनि नेपाली चलचित्र मेकरले पत्याउन सकेका छैनन् ।

यसैले, उनको एक्सनलाई भने दर्शकले पर्दामा कहिले हेर्न पाउने हुन् भन्ने कुराको कुनै टुंगो छैन । तर, उनले आफ्नो जोशलाई मर्न दिएकी छैनन् ।

मुम्बइको एक अपार्टमेन्टमा बस्दै आएकी कार्कीले चाडै नै नेपाली चलचित्रमा पनि काम गर्ने जानकारी दिइन् ।उनी, अहिले दैनिकजसो फोटोसुटमा पनि व्यस्त हुन्छिन् । सुरविना भन्छिन्–‘फोटोसुट म कहिले आफ्नै लागि गर्छु त कहिलेकाही फोटोग्राफरको आग्रहमा पनि गर्छु ।’ फोटोसुटबाट पनि राम्रै कमाई हुने सुरविनाले बताइन् ।

प्रतिक्रिया दिनुहोस