विवाहपछि पनि फिल्म क्षेत्र छाड्दिन भन्दै विबाहपछिको यस्तो योजना बताइन् सुन्दरी वर्षाले

काठमाडौं – मंसिर महिना सुरु भएपछि अविवाहित अभिनेता तथा अभिनेत्रीले मिडिया र आफन्तबाट सामना गर्ने एउटै प्रश्न हो( ‘विवाह कहिले गर्ने रु’ अभिनेत्री वर्षा सिवाकोटीले पनि यो प्रश्न हरेक वर्ष झेल्दै आएकी छन् ।

फिल्म क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएकी उनले अबको दुई वर्षभित्र विवाह गर्ने भएकी छन् । उनले सविनजंग थापासँगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी हुन् ।

गत वर्ष अमेरिका भ्रमणमा रहँदा उनी सविनको प्रेममा रहेको चर्चा चलेको थियो । तर, उनी यस विषयमा मौन थिइन् । यसपाली दशैंको टिका थापेर पारिवारिक भेटघाटका लागि अमेरिका जाँदा उनले सामाजिक सञ्जालको माध्यमबाट सविनसँगको प्रेम व्यक्त गरेकी हुन् । सविन र वर्षाको आफन्तको माध्यमबाट चिनजान भएको थियो । यसपछि उनीहरु एकअर्कासँग नजिक भएका थिए ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका सविनलाई वर्षाले आफ्ना आफन्तसँग भेट गराइसकेकी छन् । सविनका परिवारसँग पनि एक महिनाको अमेरिका बसाईमा वर्षाले भेट गरेकी थिइन् । उनले तत्काल विवाह गर्ने सोच नभएको बताएकी छन् । तर, २ वर्षभित्र विवाह बन्धनमा बाँधिने तयारी रहेको उनको भनाई छ । विवाहपछि पनि आफूले फिल्म क्षेत्र नछाड्ने उनी बताउँछिन् ।

सविन आफ्नो कलाकारिता यात्राबाट खुसी रहेको उनको भनाई छ । फिल्म ‘नाईं नभन्नू ल २’ बाट अभिनय करिअर सुरु गरेकी वर्षा लकडाउनअघि फिल्म ‘परदेशी २’ को छायांकनमा व्यस्त थिइन् । अमेरिकाबाट फिरेपछि केही दिन यही फिल्मको छायांकन गरेकी उनले स्थिति सामान्य भएपछि फिल्म ‘सुदूर’ को छायांकन थाल्दैछिन् । उनको पाइपलाइनमा ‘गोर्खा वारियर’ पनि छ ।

प्रतिक्रिया दिनुहोस