नायिका प्रियंकाको फिगर यसकारण आज पनि यस्तो परफेक्ट….

अमेरिकाको टाइम म्यागजिनले विश्वकै सय प्रभावशाली महिलामा प्रियंका चोपडालाई पनि सूचिकृत गरेको थियो, सन् २०१७ मा । हुन त यसअघि नै सन् २००० मा मिस वल्र्डको ताज जितेर विश्वमा चर्चा पाएकी थिइन् उनले । जतिबले उनको शीरमा विश्व सुन्दरीको ताज पहिर्‍याइदै थियो, त्यसबेला उनी केवल १८ बर्षकी थिइन् ।

प्रियंका चोपडालाई चिनाउने यस्ता अनगिन्ती विशेषण छन् । जस्तो कि, उनी बलिउडकै सर्वाधिक चर्चित अभिनेत्रीमध्येकी एक हुन् । गायनमा पनि उनको बेग्लै छाप छ । हलिउडमा समेत उनको प्रभाव छ । केही हलिउड फिल्ममा अभिनय गरिसकेकी उनी परोपकारी काममा पनि उत्तिकै सक्रिय छिन् ।

प्रियंकाले आज ग्ल्यामर दुनियामा जुन उचाई तय गरेकी छिन्, त्यसमा भाग्यको खेल मात्र पर्याप्त छैन । यसमा उनको लगाव, श्रम, मेहनत, निरन्तरता, संघर्ष खास छ । बलिउडदेखि हलिउडसम्म आफ्नो चमकदमक कायम राख्नु, गायन, समाजसेवा जस्ता क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनु सामान्य कुरा होइन ।

त्यसैले प्रियंकाले आजको दिनसम्म आफ्नो चमक कायम राख्नुको पछाडि उनको अथक प्रयास एवं मेहनत छ । पछिल्लो समय भने अमेरिकी गायक, संगीतकार, निक जोनससँग विवाह बन्धनमा बाँधिएकी छिन् । अहिले उनै निकसँग उनी रोमान्टिक दिनहरु विताइरहेकी छिन् ।

वैवाहिक जीवन पछि उनी पनि उत्तिकै आर्कषक तथा फिट रहनुमा उनको वर्कआउट र डाइट प्लान मुख्य कारण हो । प्रियंकाले आˆनो फिल्मी करियरमा जहिले पनि आˆनो स्वास्थ्यलाई प्राथमिकतामा राखिन् । र, फिटनेसलाई महत्व दिइन् ।

उनले जीरो फिगर बनाउने बारे कहिल्यै सोचिनन् । अनुसासित वर्कआउट रुटिनको पालना गरिन् । र, आˆनो शरीरलाई जहिले पनि टोन्ड र स्लिम राखिन् । परिणामस्वरुप, प्रियंकाको फिगर आजपनि परफेक्ट छ । फिटनेसका लागि के गर्छिन् ?-प्रियंका चोपडाको परफेक्ट फिगर, टोन्ड बडी र परफेक्ट आउटलुक उनको वर्कआउट, डाइट प्लान र योगाको नतिजा हो ।

प्रियंका आफ्नो फिगरलाई लिएर निकै सजग छिन् । प्रियंका खासै कठिन वर्कआउट गर्दिनन् । तर पनि नियमित रुपमा जीम जान्छिन् । जीममा उनी करिब १५ मिनेट ट्रेडमिलमा हिड्छिन् । त्यसपछि उनी पुसअप र रिर्वस लंज गर्छिन् । उनी करिब एक मिनेट प्लान्क गर्छिन् भने २०-२५ पटक बाइसेप्स कर्ल गर्छिन् ।

प्रियंकालालाई रेजिस्टेन्स ट्रेनिङ्ग गर्न मनपर्छ । उनलाई वेट ट्रेनिङ्गको खासै सौख छैन । जीम नगएको बेला उनी कुद्न, स्पिनिङ्ग गर्न तथा इन्डोर साइकिलिङ्ग गर्न रुचाउँछिन् । उनी विशेषगरी दिमागलाई तनाव रहित राख्न योग गर्छिन् । उनी दिनमा आठ देखि दश गिलास साधा पानी पिउँछिन् भने नियमित रुपमा नरिवल पानी सेवन गर्छिन् । यही कारण हो कि उनको स्किन चमकदार र सुन्दर छ ।

यसबाहेक , प्रियंका आफू फिट रहनुमा खुशी रहनु पनि भएको बताउँछिन् । एक अन्तवार्तामा प्रियंकाले भनेकी थिइन्, मेरो कामले मलाई खुशी दिलाउँछ । मलाई खुशी दिनेमा मेरो परिवार पनि हो । मलाई पार्टी तथा क्लवमा जानु भन्दा घरमै परिवारको साथमा सय विताउन मन पर्छ । जिवनमा मलाई ससाना कुराले खुशी दिन्छ ।

त्यसबाहेक मलाई फिट रहन पनि निकै मनपर्छ । फिट रहनकै लागि म हरसम्भव प्रयास गर्छु। कस्तो खानेकुरा खान्छिन् ?-प्रियंका पञ्जाबी परिवारकी हुन् । त्यसैले, उनलाई विभिन्न किसिमका खानेकुरा ट्राइ गर्न सौखिन छिन् । त्यसैले,उनी प्रायः घरमा आमाले नै बनाएको खानेकुरा खान्छिन् ।

प्रियंका नाश्तामा दुईटा अण्डाको साथमा ओटमिल र एक गिलास स्किम्ड मिल्क खान्छिन् । दिउँसोमा दुईवटा रोटीको साथमा दाल, तरकारी र सलाद खान्छिन् । साँझमा चिकन सैण्डवीच वा अंकुरित सलाद खान मन पराउने उनी रातीको खानामा सूप, ग्रील्ड चिकन वा माछा खान्छिन् ।

दिनमा आठ देखि दश गिलास पानी पिउँछिन् । शरीरको इनर्जीका लागि नरिवल पानी पिउँछिन् । हरियो सागसब्जी र ताजा फलफूल भरपूर मात्रामा खान्छिन् । प्रत्येक दुई देखि तीन घण्टाको अन्तरालमा केही न केही खान्छिन् । प्रियंकालाई चकलेट, केक , पेस्ट्री तथा तन्दुरी खाना मन पराउँछिन् । त्यसैले, उनी विदाको समयमा खानालाई लिएर थोरै असावधानी अपनाउँछिन् ।

सौन्दर्यका लागि के गर्छिन् ?-प्रियंकाको प्रत्येक गतिविधि मानिसले नियाली रहेका हुन्छन् । त्यस्तै, उनको सुन्दरता पनि मानिसहरुको नजरमा पर्ने गर्छ । त्यसैले, सुन्दर देखिनु प्रियंकाको पनि बाध्यता हो । तर सुन्दर देखिनकै लागि भनेर प्रियंका खासै कुनै मेकअप गर्दिनन् । बरु ससाना तरीका अपनाएर उनी विना मेकअप पनि सुन्दर देखिने कोशिश गर्छिन् । विशेषगरी, व्यस्त समयका बाबजुद उनी छाला, कपाल तथा अनुहारको राम्ररी हेरचाह गर्छिन् ।

उनी कपाललाई सुन्दर बनाउनकै लागि सातामा तीन पटक तातो तेलको मालिश गर्छिन् । उनको मान्यता छ, तातो तेलको मालिशले दिनभरको थकान कम हुन्छ । प्रियंका अनुहारको सुन्दरतालाई कायम राख्न नियमित रुपमा छालाको टोनिङ्ग र मोइस्चराइजिङ्ग गर्छिन् । छालालाई सुन्दर राख्न उनी दिनभर प्रश्ास्त मात्रामा पानीको सेवन गर्छिन् ।

हुन त मेकअप गर्नकै लागि प्रियंकाले मेकअप आर्टिस्टको व्यवस्था गरेका छन् । तर सामान्य दिनमा अनुहारको सुन्दरता बढाउन उनी गाजल तथा लाइनरको मात्र उपयोग गर्छिन् । भनिन्छ, प्रियंकाले आफूलाई सुन्दर देखाउन नाक तथा ओठको शल्यक्रिया गरेकी थिइन् । नाक र ओठको शल्यक्रिया गरिसकेपछि त्यसको हेरचाह गर्न पनि उत्तिकै आवश्यक छ ।

प्रियंका ओठका लागि दूधको छालीको प्रयोग गर्छिन् । उनी ओठमा रातभर उक्त छालीलाई लगाएर राख्छिन् , ताकी ओठ सुख्खा नहोस् र ओठलाई आवश्यक पोषण प्राप्त होस् । मेकअपको कुरा गर्दा प्रियंकालाई ब्राउन र पिंक शेडको मेकअप गर्न मनपर्छ ।

त्यस्तै मेकअप पश्चात्त अनुहारको छालालाई सफा राख्न तथा मेकअप हटाउन प्रियंका अर्गानिक नरिवलको तेलको प्रयोग गर्छिन् । यसको लागि उनी थोरै समयको लागि अनुहारमा नरिवलको तेल लगाएर छोड्छिन्। त्यसपछि हल्का गिलो रुमालले अनुहार विस्तारै सफा गर्छिन् । यो तरीकाद्धारा अनुहारलाई एकै पटकमा सफा, हाइड्रेट राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस