मिस वर्ल्ड २०१९ मा तहल्का मच्चाएकी अनुष्का श्रेष्ठको बिन्दास मुड (फोटो फिचरसहित)

२०१९ को ‘मिस वर्ल्ड’मा उत्कृष्ट १२ सम्म पुग्न सफल भएकी मा नेपालकी सुन्दरी अनुष्का श्रेष्ठ यतिबेला फुर्सदमा छिन् । मिस नेपाल २०२० को ताज नम्रता श्रेष्ठको शिरमा लगाइदिएपछि अनुष्का हिडेन ट्रेजरबाट छुट्कारा पाएकी छिन्

नारीको शारीरिक संरचना प्राकृतिकरुपमा सुन्दर हुन्छ त्यसैले सौन्दर्य प्रतियोगिताहरुमा शारीरिक सुन्दरता मात्र नभई व्यक्तित्व , बुद्धि, प्रतिभा, र जवाफ समेतको जाँच गर्ने गरिन्छ ।

सौन्दर्य प्रतियोगिता भन्नाले प्राय संधै महिला र किशोरीहरुको लागि मात्र भन्ने बुझिन्छ तर हाल केही समय यता पुरुष वा केटाहरूको लागि यस्ता प्रतियोगिताहरु गरिन्छ तर यसलाई शारीरिक प्रतियोगिता भन्ने गरिन्छ । बिश्वभरबाट छानिने हरेक प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउने गरेको छ ।

सौन्दर्य प्रतियोगिताको इतिहास:
सन १८३९ मा एग्लिटनमा पहिलो पटक सौन्दर्य प्रतियोगिता भएको थियो जसमा समरसेटकी डचेज र उनकी बहिनीलाई सौन्दर्यकी रानीको उपाधि दिइएको थियो।

उद्योगपति पीनियस टेलर बर्नमले सन १८५४ मा पहिलो आधुनिक अमेरिकी सौन्दर्य प्रतियोगिता आयोजना गरे, तर उनको सार्वजनिक विरोधका कारण उक्त प्रतियोगिता बन्द भयो। सन १८८० को दशकमा विभिन्न देशमा राष्ट्रीयस्तरका सौन्दर्य प्रतियोगिताहरु सम्पन्न भए पनि अन्तर्राष्ट्रीयस्तरका प्रतियोगिताहरु सन १९२० देखि शुरु भएका हुन्।

प्रतिक्रिया दिनुहोस