आज पशुपतिमा क्षमा पूजा गरिँदै, भोलीदेखि भक्तजनलाई खुला

काठमाडौं, ३० मंसिर । कोरोना महामारीका कारण झन्डै ८ महिनादेखि बन्द पशुपतिनाथ मन्दिरमा आज (मंगलबार) बिहान क्षमा पूजा गरिँदै छ। लामो समयसम्म मन्दिर बन्द गर्नुपरेका कारण क्षमा माग्न क्षमा पूजा गर्न लागिएको हो।

पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट पस्ने र निस्किने गरी दर्शनको व्यवस्था मिलाइएको छ। भक्तजनले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने छ। मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र स्वास्थ्य सुरक्षाका नियम अपनाउनुपर्ने छ ।

यद्यपी अहिले नै मन्दिरभित्र विशेष पूजा, भजनलगायत क्रियाकलाप भने गर्न नपाइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस