‘फूलबुट्टे सारी’ बाट चर्चामा मलिका ( तस्वीर)

काठमाडौं – फिल्म ‘यात्रा’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी मलिका महत पछिल्लो समय चर्चामा छिन् ।

मार्मिक लामाको गीत ‘फूलबुट्टे सारी’ को फिमेल भर्सनको म्युजिक भिडियोमा मलिकालाई मोडल तथा कलाकार पल शाहसँग देख्न सकिन्छ ।

यो भिडियो पछिल्लो समय चर्चामा रहेको छ । भिडियोसँगै मलिकाको पनि तारिफ गरिएको छ । मिलन नेवारले स्वर दिएको यो गीत टिकटकमा पनि उत्तिकै लोकप्रिय छ ।

‘यात्रा’ गर्ल मलिका सामाजिक सञ्जालमा उत्तिकै सक्रिय रहने गर्छिन् । उनले इन्स्टाग्राममा कैयन् तस्वीरहरु शेयर गर्ने गर्छिन् ।

उनको सुन्दरताको फ्यानले उत्तिकै तारिफ पनि गर्ने गर्छन् । सामाजिक सञ्जालमा मलिकाले शेयर गरेका तस्वीरहरु हेरौंः

प्रतिक्रिया दिनुहोस