फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस तोलाको कति पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पहेँलो धातु (सुन)को मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।

अघिल्लो दिन (मंगलबार)को तुलनामा छापावाल र तेजाबी सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।

बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय ५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको थियो ।

अघिल्लो दिन (मंगलबार) नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य भने बुधबार तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन (मंगलबार) प्रतितोला १ हजार २ सय रहेको चाँदीको मूल्य बुधबार १ हजार २ सय ३० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस