बिहे गरेको २ महिना नपुग्दै आमा बन्दै नेहा कक्कड (फोटो फिचर)

चर्चीत बलिउड गायिका नेहा कक्कड अब छिट्टै आमा बन्दै छिन । आफ्ना प्रेमी रोहनप्रीत सिंह संग वैवाहिक जीवनमा बाधिएकी नेहा इन्डियन आइडल कि जज पनि हुन । यो बर्षको अक्टुबर २४ तारिखमा विवाह बन्धनमा बाँधिएकी नेहाले सामाजिक संजालामा फोटो सेयर गर्दै आफू छिट्टै आमा बन्ने कुरा बताएकी हुन ।

रोहनसँगको एक तस्वीर सार्वजनिक गर्दै नेहाले लेखेकी छिन्–‘अब मेरो ख्याल राख्ने गर ।’ रोहनले पनि नेहासँगको तस्वीर शेयर गर्दै अब झन् धेरै ख्याल राख्क्छु भन्ने कुरा उल्लेख गरेका छन् । यस्तै, उनका दाजु गायक टोनी कक्कडले पनि आफू छिट्टै मामा बन्न लागेको कुरा बताएका छ्न ।भर्खरै मात्र नेहा फोर्ब्सले सार्वजनिक गरेको विश्वको प्रभावसाली सेलिब्रेटीको शिर्ष स्थानामा परेकी थिइन । बलिउडका महानायक अमिताभ बच्चनलाई पछि पार्दै उनले सो स्थान हाँसिल गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस