संसद विघटन : वैशाखमा आम निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनकाे सिफारिस गरेसँगै २०७८ काे वैशाखमा आम निर्वाचन गर्ने प्रस्ताव अघि सार्नु भएकाे छ ।

मन्त्रिपरिषदकाे निर्णयपछि संसद विघटनको सिफारिस लिएर शीतल निवास पुग्नुभएका प्रधानमन्त्रीले वैशाख २३ मा निर्वाचन गराउने प्रस्ताव गर्नुभएकाे बताइएकाे छ । तर यसकाे अनुमाेदन भने राष्ट्रपति कार्यालयबाट भइसकेकाे छैन ।

स्राेतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनकाे सिफारिस र चुनाव घोषणाको सिफारिसमाथि कुनै अनुमोदन गर्नुभएकाे छैन

प्रतिक्रिया दिनुहोस