बाख्राले जन्मायो बाँदरको अनुहार भएको पाठो, हनुमानको अवतार भन्दै पूजा गर्न थालियो (तस्बिरसहित)

काठमाडौं – कुनै पनि जनावरले सोचे भन्दा फरक अनुहारको बच्चा जन्माएमा छक्क पर्नु सामान्य कुरा हो । तर भारतमा एउटा बाख्राले बाँदरको जस्तै अनुहार भएको पाठो जन्माएको छ ।

सुन्दा अचम्म लाग्ला, तर उत्तर प्रदेशको कानपुरमा बाख्रनले बाँदरको जस्तै अनुहार भएको पाठो जन्माएको हो । अनौठो बच्चा जन्माउने बाख्रा कानपुर जहांगीराबाद निवासी सीताराम कठेरियाको हो ।

बाँदरको अनुहारको पाठो जन्मिएपछि मानिसहरूले हनुमानको अवतारको रूपमा पूजा गर्न थालेको भारतिय मिडिया आजतकले जनाएको छ। पाठो मरेको थियो, तर पनि मानिसहरुको हेर्ने भीड लागेकोे थियो ।

धेरैले चमत्कार भयो भन्दै पैसा चढाउदै पूजा गर्न थाले । त्यो रात सीतारामको बाख्राले ५ पाठापाठी जन्माएको थियो । बाँदरको अनुहारको पाठो भने मरेको थियो ।

प्रतिक्रिया दिनुहोस