विश्वकै सबैभन्दा होचा जोडीको प्रेम विवाह, राखे नौलो रेकर्ड

एजेन्सी – धेरैले विवाहको लागि आफुलाई मिल्ने जोडी खाज्ने गर्छन् । बराबर साइज भएका केटाकेटीले विवाह गरेमा मिलेको जोडी भन्ने गरिन्छ । यस्तै एक होचा जोडीको विवाह निकै चर्चामा छ ।

विश्वकै सबैभन्दा होचा शरीर भएका जोडीको लन्डनमा विवाह भएको छ । होचा शरिर भएका ब्राजीलका ३० वर्षका पाउलो गेब्रियल डे सिल्वा बारोस र लन्डनकी २७ वर्षकी काटयुसिया होशिनोबीच विवाह भएको हो ।

आफु सुहाउदो जोडी पाउँदा दुवै निकै खुशी छन् । उनीहरुले दुनियाकै सबैभन्दा होचो दुलाहा र दुलहीको रेकर्ड पनि राखेका छन् ।

भनिन्छ उनीहरुले ८ बर्षको प्रेमसम्बन्ध पछि विवाह गरेका हुन् । पाउलोले होशिनोलाई देख्ने बित्तकै मनपराएका थिए । उनीहरुबीच सामाजिक सञ्जालमा च्याटिङबाट कुराकानी हुने गर्दथ्यो ।

प्रतिक्रिया दिनुहोस