बढ्यो सुनको मूल्य,कति पुग्यो प्रतितोला ?

पुस ६, काठमाडौँ । सोमबार सुनको मूल्य बढेको छ | आइतबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला रु ९ सयले बढेर ९५ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला रु ९४ हजार ७०० मा तेजाबी सुन कारोबार भइरहेको छ ।

त्यस्तै सोमबार चाँदीको मुल्य पनि बढेको छ । आज प्रतितोला चाँदी १३ सय २० मा कारोबार भइरहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १२ सय ८० कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस