अर्कैसंग विवाह गर्न जाँदै थिए प्रेमी, बेहुली बनेर जब मण्डपमै प्रेमिका पुगिन् : त्यसपछि भयो यस्तो तमासा

एजेन्सी । साँचो प्रेम गरेको छ भने जस्तो अवस्थामा पनि त्यो प्रेम प्राप्त हुन्छ भन्ने उदाहरण देखिएको छ । प्रेमीकालाई छोडेर अर्कै युवतीसंग विवाहको लागि ठिक्क परेका प्रेमी पनि आफ्नो प्रेम स्वीकार गर्न बाध्य भएका छन् । विहारमा एक यस्तो विवाह भएको छ जुन सुन्ने मानिसहरु पनि आश्चर्यमा पर्ने गर्छन् । ति युवकको अर्को युवतीसंग प्रेम थियो भन्ने कसैलाई थाहा थिएन ।

विहारको दरभंगाको जिल्लामा रहेको एक गाउँमा युवक दुलाहा बनेर ठिक्क परे । गाडी जन्ती जान सजिएको थियो । दुलाहा विवाहको लागि गाडीमा बस्न निस्कदै थिए । उक्त समयमा सीतामढीमा बस्ने दुलाहाकी प्रेमिका कांचला आइपुगिन् । उनी वेहुलाको गाडीमा गएर बसिन् । प्रेमिले माया आफूसँग गरेको र विवाह अरुसँग गर्न लागेको भन्दै विवाह हुन नदिने बताइन् । यस्तो आश्चर्यको क्रियाकलाप गाउँका सबैजनाले हेरिरहेका थिए ।

प्रेमिका आफ्नो प्रेमीको गाडीमा अनशनमा बसिन् र विवाह गर्न जिद्दि गरिन् । हेर्दा हेर्दै विवाहमा जान तयार भएका जन्तीहरु सबैजना हेराहेर भए । कुराकानी बढ्दै जान लागेपछि परिवारले प्रहरीलाई बोलायो ।

प्रहरी पनि तुरुन्त आइपुग्यो । प्रहरी समक्ष केटीले आफूले ४ दिनसम्म केही नखाएको र जबसम्म आफ्नो विवाह आफ्नो प्रेमीसँग हुँदैन तबसम्म अनशन बस्ने बताइन् । प्रहरीले दुलाहा र प्रेमिकालाई कार्यालयमा केहीबेर राखेर मन्दिरमा लगेर विवाह गरिदिएको छ ।

उता दुलही दुलाहा जन्ती लिएर आउँछ भनेर तयारी अवस्थामा बसेकी थिइन् । यता दुलाहाको विवाह भएपछि दुलहीका परिवार धेरै आक्रोशित भए । यसलाई मथ्थर पार्न जुक्ति निकाले । दुवै घरपरिवारको सल्लाह अनुसार दुलाहाको सानो भाईसँग विवाह गरिदिएका छन् । एकैदिन दुई भाईको विवाह भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस