गाउँका डेढ दर्जन नयाँ बुहारी एकैपटक घर छोडेर गए माइत, कारण थाहा पाए पछि पर्नुहुनेछ चकित्

काठमाडौं । गाउँभरी नै शौचालय नभएपछि एउटा गाउँका कबिर डेढ दर्जन बुहारी घर छोडेर माइत गएका छन् । यो घटना भारतको हो । सन् २०१८ मा भारतको उत्तर प्रदेश राज्यको कुशीनगरलाई खुला शौचालय मुक्त गाउँ घोषणा गरिएको थियो । तर त्यो घोषणा घोषणामै मात्र सिमित भयो । कुनै पनि घरमा शौचालय छैनन् । विवाह गरेर घरमा आएका बुहारीहरुलाई खुला ठाउँमा शौचका लागि जान अप्ठेरो भयो । अनि करिब डेढ दर्जन बुहारीहरु घर छोडेर माइत गएर बसेका छन् ।

जगदीशपुर टोल भरपटियाका बुहारीहरुले यस्तो निर्णय गरेका हुन् । वुहारीहरुको भनाई छ की, हामीलाई घरमा शौचालय नभएका कारण निकै समस्या छ । हामी खुला ठाउमा जान सक्दैनौं । त्यसैले घरमा शौचालय नबनाउँदा सम्म माइतवाट फर्केर आउँदैनौं । घुघट विरुद्ध भएको अभियानलाई समेत चुनौती दिने अभियान यहाँका बुहारीहरुले चलाएका छन् ।

आर्थिक रुपले विपन्नहरुको बसोबास हुने यो गाउँका अधिकांशका घरमा शौचालय छैन । सो राज्यमा विपन्नहरुलाई शौचालय निर्माणका लागि अनुदान दिने ब्यवस्था छ । तर सरकारी अधिकारीहरुले उनीहरुको नाम शौचालय अनुदान दिने लिष्टमा राखिदिएनन् । बुहारीहरुले नै यस्तो अभियान चलाएपछि भने सरकारी अधिकारीहरु माथि पनि प्रश्न उठेको छ ।

भारतमा अहिले स्वच्छ भारत मिसन अभियान जारी छ । जसका कारण शौचालय निर्माणलाई पनि अभियानकै रुपमा सुरु गरिएको छ । शौचालय बनाउन नसक्नेहरुलाई सरकारले अनुदान दिएको छ । तर यो गाउँका विपन्नहरु त्यो अभियानमा समेटिन सकेनन् ।

माइत गएका बुहारी भन्छन् गाउँको एकातिर नाला छ भने अर्को तर्फ नाला छ । गाउँको चारै तिर पानी भएको अवस्थामा हामी वाहिर कहाँ जाने ? गाउँमा करिब एक सय परिवार छन् । यस्तो अवस्थामा शौचका लागि वाहिर निस्कदा पनि वजार लागेजस्तो हुन्छ ।

यो अर्को समाचार, फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङ्को सुविधा
विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन ९शेयर० गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो ।

त्यस्तो सुविधा एन्ड्रोेएड र आइओएस मोवाईलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । फेसबुकको म्यासेन्जर रुम वा ग्रुप च्याटमा एकभन्दा बढी व्यक्तिबीचमा कुराकानी भएका बेला यो सुविधा प्रयोग गर्न सकिनेछ ।

अहिले फेसबुक एप प्रयोगकर्ताहरुले सामुहिक कुराकानी (ग्रुप च्याट) मा आठ जना र म्यासेन्जर रुममा १६ जनाले स्क्रिन शेयर गर्न सक्ने सुविधा राखिएको छ । कम्पनीले चाडै नै म्यासेन्जर रुममा ५० जनासम्मका बीचमा स्क्रिन शेयर गर्नसक्ने व्यवस्था गर्न लागेको पनि जनाएको छ ।

यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोवाईल वा ट्यावलेटमा म्यासेन्जरको नयाँ संस्करण जोड्नुु पर्नेछ । स्क्रिन शेयर गर्नका लागि म्यासेन्जरको नयाँ संस्करणमा देखिने ‘शेयर योर स्क्रिन’, ‘स्टार्ट शेयरिङ’ र ‘स्टार्ट ब्रोडकास्ट’ लेखेको ठाउँमा क्रमशः थि च्दै जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस