गर्भवती अभिनेत्री अनुष्का शर्मा यसकारण बनिन् मजाकको पात्र

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा बलिउड अभिनेत्री अनुष्का शर्मा मजाकको पात्र बन्नु परेको छ । गर्भवती अवस्थामा रहेकी शर्मा स्वस्थ रहन र सुन्दर देखिन नियमित व्यायाम र योग गर्दै आएकी छिन् । सामान्य अवस्थामा जस्तै उनी अहिले गर्भवती बेला पनि नियमित योग गरिरहेकी छिन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अनुष्का उनका पति एवं क्रिकेटर विराट कोहलीसँग मिलेर अचेल स्वास्थ्यप्रति थप संवेदनशील बनेर लागेकी छिन् । अनुष्काको पछिल्लो इन्स्टाग्राम पोस्ट उनी शिर्षासन गरिरहेकी थिइन् । यो योग आसनमा उनको टाउको भुँइमा र खुट्टा माथितिर पारेर कुइनो र टाउकोका भरमा उभिएकी छिन् ।

उक्त तस्विरमा अनुष्कालाई श्रीमान विराटले खुट्टा समाएर सहारा दिएका छन् । यस तस्विरका कारण उनीहरु ट्रोलको सिकार भइरहेका छन् । अनुष्काले फोटोसँगै क्याप्सनमा लेखेकी छन्, ‘योग मेरो दैनिकीको ठूलो हिस्सा हो । डाक्टरले गर्भवती हुँदा योगको यो आसन गर्न सक्नुहुन्छ भन्नुभयो। तर निश्चित चरणको मात्रै।

यो शिर्षासन गर्न मैले भित्ताको सहारा लिएकी छु। थप सुरक्षित हुन मेरा प्रिय श्रीमानले आड र समर्थन दिएका छन्।’ अनुष्का अचेल यस्तै व्यायाम र योगमा बढी समय दिन थालेकी छन् ।

यी तस्विरलाई लिएर सामाजिक सञ्जालमा अनेक प्रतिकृयाहरु आइरहेका छन् । यस्तो व्यायमले बच्चा जन्माउन सहज हुने विश्वास छ । तर उनले यस्तो बेला बच्चालाई असर हुने काम गरेको भन्दै आलोचना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस