बलिउड अभिनेता अर्बाज खानकी गर्लफ्रेन्ड जोर्जियाको बोल्ड अवतार ( तस्विर सहित)

बलिउड अभिनेता तथा निर्देशक अर्बाज खानकी गर्लफ्रेन्ड जोर्जिया आन्द्रियानीको तस्बिर भाइरल बनेको छ।समुन्द्रको किनारमा बोल्ड अवतारमा प्रस्तुत भएकी ३१ वर्षीया जोर्जिया बिकिनीमा देखिएकी छिन्।

इन्स्टाग्राममा पोस्ट गरिएको तस्बिरमा उनले ‘जीवन समुन्द्रको किनारजस्तै’ भनेर क्याप्सन लेखेकी छिन्।५३ वर्षका अर्बाज बलिउड सुपरस्टार सलमान खानका भाई हुन्। सन् २०१७ मा अर्बाजको अभिनेत्री मलाइका आरोरासँग सम्बन्ध बिच्छेद भएको थियो।

पछिल्लो समय भने अर्बाज जोर्जियासँगको प्रेम सम्बन्धमा छन्। सन् २०१८ यता उनीहरु सँगै देखिन थालेका हुन्।जोर्जिया इटालीकी मोडल, डान्सर र अभिनेत्री हुन्। हाल उनी भारतीय गीतहरुमा पनि देखिन थालेकी छिन्।हालै उनी मिका सिंहको गीत ‘रुप तेरा मस्ताना’मा फिचर्ड भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस