तीव्र गतिका बलर हेन्ड्रिक्स अफ्रिकी टेष्ट टोलीबाट फिर्ता

काठमाडौं, पुस ८ गते । बिरन हेन्ड्रिक्स र किगन पिटरसन श्रीलङ्का भ्रमण गर्ने दक्षिण अफ्रिकी टोलिबाट फित्र्ता भएका छन् । श्रीलङ्का भ्रमण पूर्ब टेष्ट टाेलीका सदस्यहरुलाई ‘बबल’का निम्ति बोलाउँदै दुबै खेलाडी छुटन गएका हुन् ।

गत साता अफ्रिकी क्रिकेट टोलीका सदस्यहरुको कोभिड परीक्षण गर्दा दुई जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको थियो । अफ्रिकी टोलि ब्यवस्थापनले दुईजना खेलाडीको नाम खुलाएको छैन् । टोलिका १७ जना सदस्यहरुमा तीनपटक कोरोना परीक्षणको नतिजा निगेटिभ आएको छ । अफ्रिकाले छुट्न जाने हेन्ड्रिक्स र पिटरसनको स्थानमा अन्य कुनै खेलाडीलाई राखेको छैन ।
श्रीलङ्का भ्रमणको क्रममा दक्षिण अफ्रिका क्रिकेट टोलीले दुई म्याचको टेष्ट श्रृखंला खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस