मुस्ताङमा यो जे भयो थाहा पाउँदा तपाई जो कोही बच्चालाई बेवास्ता बिल्कुल नगर्नुहोस्

काठमाडौं । धेरै अभिभावकहरु आफ्नो सानो बच्चा खेलिरहेको त छ भन्दै बेवास्ता गर्दछन् । तर यो बिल्कुल नगर्नुहोस् । किनकी बच्चा अवोध हुन् । उनीहरुलाई धेरै कुराको वोध नै छैन । के गर्दा के हुन्छ थाहा नै छैन । यसैले खेल्ने र सिक्ने क्रममा धेरैको मृत्यु भएको छ । मुस्ताङमा यस्तै एउटा दुखद घटना भयो ।

एक १७ महिने बालकले खेल्ने क्रममा पेट्रोल खाँदा मृत्यु भएको छ । बाबु आमाले बच्चा खेलिरहेको छ भनेर वास्ता नै गरेनन् । मुस्ताङको घरपझोङ गाउँपालिका–३ पुथाङ एयरपोर्ट जोमसोममा रहेको वर्कसपमा बच्चा खेलिरहेको थियो । बाईकमा रहेको पेट्रोल पाईपबाट तान्दा ठूलो मान्छेले मुख लगाएको बच्चाले देखेको थियो । उसलेपनि त्यही गर्न खोज्यो । तर आज एक १७ महिने बालकले ज्यान गुमाए । खेल्ने क्रममा पेट्रोल खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता आशिष अघिकारीका अनुसार घरपझोङ–३ एयरपोर्ट जोमसोममा रहेको त्रिशुला मोटर साइकल वर्कसपका किरण थापाको १७ महिने छोरा किसान थापाको उपचारका लागि जोमसोम अस्पताल लैजाँदा मृत्यु भएको हो । १७ महिने बालकले घरमै खेल्ने क्रममा नजिकै राखिएको पेट्रोलियम पदार्थ खाँन पुगेको प्रहरीले जनाएको छ । घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ ।

प्रतिक्रिया दिनुहोस